Saturday, February 15, 2025
पत्रपत्रिकामन्त्रालय फुटाउँदा राज्यकोषमा १० करोड बढी व्यभार

मन्त्रालय फुटाउँदा राज्यकोषमा १० करोड बढी व्यभार

काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको सरकारले दलहरूलाई भागबन्डा पु¥याउन मन्त्रालय फुटाउने भएको छ । यसरी मन्त्रालय फुटाउँदा राज्यकोषमा एक मन्त्रालयबराबर वार्षिक ४ देखि ५ करोड खर्च हुने प्रशासकले जनाएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार प्रधानमन्त्री देउवाले दलीय भागबन्डा पु¥याउनकै लागि दुईवटा मन्त्रालय फुटाएर २३ वटा मन्त्रालय बनाउने गृहकार्य थालेका हुन् । हाल २१ वटा मन्त्रालय रहेका छन् ।

मन्त्रालय फुटाएर दुईवटा मन्त्रालय थप गरिएमा राज्यकोषमा वार्षिक १० करोड बढी खर्च हुने देखिएको छ । मन्त्रालयमा रहने मन्त्रीको तलब सेवा, सुविधा, सचिवालय, सल्लाहकार तथा अन्य कर्मचारीका लागि सो रकम खर्च हुने बताइएको छ ।

सत्तारूढ गठबन्धनले लोकतान्त्रिक समाजवादी पार्टीलाई सरकारमा ल्याउन मन्त्रालय फुटाउने विषयमा छलफल अघि बढाएको हो । प्रधानमन्त्रीले यस सम्बन्धमा आवश्यक गृहकार्य गर्न प्रधानमन्त्री कार्यालयका कर्मचारीलाई निर्देशन दिएको बताइएको छ । स्रोतका अनुसार हाल रहेका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय तथा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई फुटाएर लोसपालाई सरकारमा ल्याउन लागिएको हो ।

यसरी फुटाएर बनाइने नयाँ मन्त्रालयमा लोसपालाई ल्याउने विषयमा प्रधानमन्त्री देउवाले सो दलका अध्यक्ष ठाकुरसँग समेत संवाद गरिरहेका छन् । हाल सरकारमा प्रधानमन्त्री र २१ जना फुल मन्त्री छन् भने तीन जना राज्यमन्त्री छन् । यी सबैगरी मन्त्रिपरिषद् २४ सदस्यीय छ । नेपालको संविधानको धारा ७६ (९)मा बढीमा २५ जना मन्त्री बनाउन पाइने बाध्यकारी व्यवस्था छ ।

राजनीतिक दलले दलीय स्वार्थका कारण मन्त्रालय फुटाउँदा प्रशासन कमजोर हुने र विभिन्नखाले विकृतिसमेत बढ्ने प्रशासकको गुनासो छ । यसअघि विभिन्न प्रदेशमा पनि सत्तारूढ गठबन्धनले दलीय भागबन्डा पु¥याउनकै लागि ठूलो संख्यामा मन्त्रालय फुटाउँदा राज्यकोषमा २०आंै करोड व्ययभार थपिँदै आएको बताइन्छ । यो खबर आजको राजधानी दैनिकमा छ ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img