काठमाडौं । ‘म दिनदिनै पत्रिका पढ्छु तर पहिलो पेजमा केपी ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र शेरबहादुर देउवाको मात्रै समाचार छापिन्छ किन ?’ शुक्रबार राजधानीमा आयोजित ‘आमसञ्चारमा बालबालिकाको सहभागितात्मक छलफल विषयक कार्यक्रममा बालक्लबकी लुनिभा श्रेष्ठले प्रश्न गरिन् । सोही सन्दर्भमा अर्की छात्र सुधा पौडेलले सोधिन् ‘सञ्चारमाध्यममा बालबालिकाको सन्दर्भ समेटिएका समाचार किन वर्षमा एक दिन मात्रै आउँछ ? दिन दिनै लेख्न मिल्दैन ?’ उनको अर्को प्रश्न थियो ‘के हाम्रा ’boutमा पहिलो पेजमा समाचार लेख्नै नमिल्ने हो ?’
विभिन्न बालक्लबममा आबद्ध १५ जना बढी बालबालिकाले यस्तै यस्तै प्रश्न गरे । उनीहरूको गुनासो थियो ‘हाम्रा ’boutमा पहिलो पृष्ठमा समाचार पढनै पाइन्न ।’ कार्यक्रममा सहभागी अर्की बालिका विपना बस्नेतले बालयौन दुव्र्यवहारका विषयमा धेरै समाचार छापिएको भन्दै प्रश्न गरिन् ‘बाल यौन दुव्र्यवहार कम गराउने खालको सन्देशमूलक समाचार मिडियाले किन लेख्दैन ?’
कार्यक्रममा सहभागी पत्रकारले मिडिया हाउसको आ आफ्नो नीतिअनुरूप समाचार लेख्नुपर्ने भन्दै बालबालिका’bout पनि धेरै समाचार लेखेको प्रस्ट पारे । कार्यक्रममा सहभागी एक पत्रकारले सुझाव दिँदै भनें ‘मोबाइल हातमा पर्नेबित्तिकै गेम हेर्ने र टिभीको रिमोट हात पर्ने बित्तिकै सिरियल हेर्न छाडेर समाचार हेर बालबालिकाको समाचार पनि देख्ने छ्यौं ।’ सहभागी सुधा पौडेलले जवाफ फर्काइन् ‘मैले मोबाइल त भर्खर पाएँ । टिभी मेरो घरमै छैन । म पत्रिका पढ्छु तर, हाम्रो ’boutमा समाचार देख्दिनँ ।’ बालबालिका र सञ्चारकर्मीबीच एकछिन जुहारी नै चल्यो । तर, बालबालिकाले आफ्नै ’boutमा त्यति धेरै चासो राखेकोमा सहभागी सञ्चारकर्मीले उनीहरूको क्षमताको प्रशंसा गरे ।
कार्यक्रममा सिभिक नेपालकी संस्थापक शान्ति अधिकारीले ३० वर्षदेखि बालबालिकाको क्षेत्रमा काम गरेको जानकारी दिँदै पछिल्लो समय आमसर्वसाधारणको चेतनाको स्तर बढेकाले बालश्रमिक कम भएको जानकारी दिइन् ‘कुनै समय घरमा धेरै बालश्रमिक राख्नेहरूले गर्वका साथ मेरो घरमा यति कामदार छन् भन्थे भने अहिले भन्न लजाउने गरेका छन् ।’ उनले भनिन्, ‘यसलाई पनि एउटा उपलब्धिका रूपमा लिनुपर्छ । बालश्रम न्यूनीकरण हुँदै गएको छ ।’
पत्रकार महासंघका महासचिव रोशन पुरीले बालश्रम न्यूनीकरणमा मिडियाको भूमिका प्रभावकारी भएको भन्दै बालबालिकासँग सम्बन्धित समाचार लेख्दा संवेदनशीलता अपनाउन आग्रह गरे । कार्यपत्र प्रस्तुत गर्दै कुशुम शर्माले सन् २०२३ सम्म सबैखाले बालश्रम निर्मूल गर्ने सरकारको गुरुयोजना भए पनि तथ्य हेर्दा पूरा गर्न गाह्रो हुने भन्दै बालश्रमिकको अवस्था’bout प्रस्ट्याएकी थिइन् । परियोजना अधिकृत महेन्द्र कार्कीले मिडियाकर्मी र बालबालिकालाई एउटै मञ्चमा प्रस्तुत गरेर बालबालिका वास्तविक जिज्ञासा मिडियासामु प्रस्तुत गरेको जानकारी दिए ।
यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।