Tuesday, September 10, 2024
पत्रपत्रिकाखोटाङको दिक्तेलमा पहिरो जाँदा ६ परिवार विस्थापित
spot_img

खोटाङको दिक्तेलमा पहिरो जाँदा ६ परिवार विस्थापित

खोटाङ | दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका- १२ जालपामा पहिरो जाँदा ६ परिवार विस्थापित भएका छन् ।

गत शुक्रबार राति परेको अविरल वर्षाका कारण जालपाको साबालुङमा ५ र घलेगाउँमा १ गरी ६ परिवार विस्थापित भएका छन् ।

अविरल परेको वर्षाले गाउँ चिराचिरा परेपछि साबालुङका शारदा राई रामीरा राई,भीमबादुर राई, कर्णबहादुर राई , जीतबहादुर राई र घलेगाउँका धनबहादुरको परिवार विस्थापित भएको वडाध्यक्ष दानबहादुर राईले बताए ।

थप पहिरोको जोखिम बढेपछि साबालुङको बर्मालीघर टोलमा अस्थायी टहरा बनाएर उनीहरूलाई राखिएको छ । उनीहरूलाई प्लास्टिकको टनेल टाँगेर अस्थायी बसोबासको व्यवस्था मिलाइएको वडाध्यक्ष राईले जानकारी दिए ।

-Google Ads-

विस्थापितमध्ये रामीरा एकल महिला र शारदा अभिभावकविहीन हुन् । उनीहरूको आर्थिक अवस्थासमेत नाजुक छ ।विस्थापितमध्ये रामीरा एकल महिला र शारदा अभिभावकविहीन हुन् । उनीहरूको आर्थिक अवस्थासमेत नाजुक रहेको वडाध्यक्ष राईले बताए ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img