हामी के हौं ?

हामी के हौं ?


इन्फो नेपाल ओनलाईन द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण समाचार पोर्टल हो । यो विश्वभर रहेका सबै नेपालीको हो र नेपाली भाषाको सबैभन्दा राम्रो समाचार पोर्टलसमेत हो । नेपाली जनताको दशकौंदेखिको संघर्ष र त्याग तथा नेपाल आमाका हजारौं सर्वोत्तम छोराछोरीको बलिदानको बदलामा हामीले संघीय लोकतान्त्रिक गणतन्त्र पाएका छौँ । यो युगीन परिवर्तनको रक्षा र नेपाली नागरिकको भलोका पक्षमा अहोरात्र पहरेदारी गर्न हामी प्रतिबध्द छौं । राष्ट्रियता, लोकतान्त्रिक गणतन्त्र, नागरिक अधिकार, सुशासन, प्रेस स्वतन्त्रताका पक्षमा हामी अग्रमोर्चामा अविचलित छौँ । राष्ट्रिय अखण्डताको रक्षा तथा क्षेत्रीय, जातीय र धार्मिक सद्भाव संवर्ध्दनप्रति हामी समर्पित छौं । राष्ट्रिय राजनीतिक, सामाजिक र आर्थिक मुद्दाहरुमा विशेष केन्द्रित infonepalonline.com मा छिनछिनका ताजा समाचार, खोजमूलक रिपोर्टहरुका अतिरिक्त शिक्षा, विज्ञानप्रविधि, साँस्कृतिक गतिविधि, जीवनशैली, स्वास्थ्य, खेलकूद, मनोरञ्जन र साहित्यसँग सम्बन्धित सामग्रीहरु पोष्ट हुन्छन् । त्यसैगरी, विश्वभर छरिएर रहेको नेपालीका हालखबर र अन्तर्राष्ट्रिय समाचार पनि पोस्ट हुन्छन् । डिजिटल अक्षर, स्वर, तस्बिर र श्रव्यदृश्यको माध्यमबाट हामी वर्तमानको अभिलेख राख्छौँ । संघीय स्वरुपको पहिलो समाचार पोर्टल पनि हो infonepalonline.com , जसमा सातै प्रदेशको समाचार प्राथमिकताका साथ प्रकाशित हुन्छ ।

हामी के गर्छौं ?


infonepalonline.com सुन्दर नेपाललाई शान्त, सभ्य र समृद्धसमेत बनाउन अनि हँसिलो जाति नेपालीको जीवनमा खुशीयाली थप्न चाहन्छ । हामी हेक्का राख्छौं, नागरिकको पनि कर्तव्य हुन्छ र राष्ट्रप्रमुखको पनि अधिकार हुन्छ । हाम्रो मुख्य दायित्व भने आवाजहीन आमनागरिकको हक-अधिकारको रक्षा गर्नु र सार्वजनिक ओहोदाधारी वडा सदस्यदेखि प्रधानमन्त्री एवम् राष्ट्रपतिसम्मलाई आआफ्नो कर्तव्यप्रति सजग, सक्रिय र जिम्मेवार तुल्याउनु हो । नागरिकले तिरेको करबाट पालिएका जङ्गी हुन् कि निजामती कर्मचारी, आआफ्नो कर्तव्य र जिम्मेवारीमा- मुलुकको सुरक्षा गर्न, समाजमा अमनचयन राख्न, नागरिकलाई सेवा प्रदान गर्न, विकास निर्माण तीब्र पार्न- इमान र लगनका साथ क्रियाशील हुन नचुकुन् भन्ने हाम्रो अभिप्राय हुनेछ । निजी क्षेत्रका गतिविधिमाथि पनि हामी निरन्तर निगरानी गर्छौं । भुइंफुट्टा वर्गको ज्यादतीबाट भुइँमान्छेलाई जोगाउनु “हाम्रो अहिलेको चुनौतीपूर्ण जिम्मेवारी हो ।पत्रकारिताको प्रमुख हतियार हो प्रश्न । हामी पनि प्रश्न गरेरै जुनसुकै घटना र विषयमा के, कहाँ, कहिले, किन, कसरी र कस्तोको सांगोपांगो जवाफ खोज्छौं । के भयो मात्र हैन, तिनको पृष्ठभूमि र तिनबारे विश्लेषण प्रस्तुत गरी अब के हुँदैछ भन्ने आँकलन पनि गर्छौं हामी । त्यसैले पत्रकारिताको सर्वमान्य चरित्र अर्थात् तथ्यपूर्ण, सन्तुलित र विश्वसनीयताको कसीमा हामी उम्दा ठहरिन सकेका छौं”

हामी को हौं ?


infonepalonline.com को सञ्चालक संस्था इन्फो नेपाल प्रा. लि. को अध्यक्ष बसन्त भण्डारी हुन् । infonepalonline.com को पत्रकार लाल बाहादुर हमाल को नेतृत्त्वमा ०८ चैत्र २०७७ देखि सुरु भएको हो । infonepalonline.com का प्रधान सम्पादकको जिम्मेवारीमा ०८ चैत्र २०७७ देखि घनश्याम सुवेदी छन् । infonepalonline.com लोकप्रियताको यो उचाइमा पुग्नुमा लेखक/ विचारकहरुको महत्त्वपूर्ण योगदान छ । विश्वभर रहेका लाखौं लाख पाठक infonepalonline.comका मेरुदण्ड हुन् ।

हामी के चाहन्छौं ?


तपाईं विश्वको जुनसुकै ठाउँबाट सिधै www.infonepalonline.com लगइन गरेर वा ट्वीटर, फेसबुक, युट्युवलगायतका सामाजिक सञ्जालबाट समेत हामीसँग जोडिन सक्नुहुन्छ । अनलाइन टीभी’मार्फत् पनि हाम्रा समाचार वा अन्य प्रस्तुति हेर्न सक्नुहुन्छ । तपाईं पनि सूचना, तस्वीर, भिडियो, अडियो दिएर, विचार वा प्रतिक्रिया व्यक्त गरेर इन्फो नेपाल ओनलाईन परिवारमा सामेल हुन सक्नुहुनेछ । तर, infonepalonline.com पठाउन चाहेको कुनै पनि सामग्री जुटाउनका लागि कानून उल्लंघन भने नगर्नु होला । राष्ट्रिय एकतामा खलल पुग्ने, साम्प्रदायिक, जातीय र धार्मिक सद्भावना बिथोलिने, गैह्रकानुनी, मिथ्या आरोप र गालीगलौजपूर्ण, अश्लील, कसैको बेइज्जती वा मानहानी हुने खालका र दुष्प्रचार गर्ने नियतले कुनै पनि सामग्री infonepalonline.com मा नपठाउनु होला । तपाईंले infonepalonline.com मा गर्ने कमेन्ट वा पठाउने सामग्री मौलिक, सत्य तथ्यमा आधारित, सृजनात्मक र शिष्ट हुनुपर्छ । नक्कली परिचय दिएर वा अश्लील वा अपमानजनक युजर नेमहरूको प्रयोग नगर्नु होला । एउटा सामग्री धेरै पल्ट वा उस्तै सामग्री बारम्बार वा कुनै छलफलमा विषय बाहिरका सामग्री पनि नपठाउनु होला ।

यो वेबसाइटमा भएका सामग्रीका सम्पूर्ण कपीराइट, ट्रेडमार्क, डिजाइनको अधिकार, पेटेन्ट र अन्य बौद्धिक सम्पत्तिमाथिको अधिकार infonepalonline.com.np र यसबाट अनुमति प्राप्त निकाय वा संस्थाहरूमा निहित रहेकाले यसका सामग्री कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्नुअघि अनुमति लिनु होला ।गैरव्यापारिक निजी प्रयोजनमा बाहेक infonepalonline.com को सामग्री नक्कल गर्न, तोडमोड गरेर वा हुबहु फेरि प्रकाशित गर्न अथवा डाउनलोड गर्न, पोष्ट गर्न, प्रसारण गर्न वा अन्य कुनैपनि गैह्रकानुनी कार्य गर्न पाईदैन । infonepalonline.com को पूर्व स्वीकृति बिना ती कार्य गरिएमा नेपालको र अन्तर्राष्ट्रिय कपिराइट कानुन वा अन्य कानुनबमोजिम कारबाहीको भागिदार हुनुपर्नेछ । तपाईं infonepalonline.com का नियम र शर्तहरू पालना गर्न तयार हुनुहुन्न भने यो वेबसाइट एक्सेस गर्ने, प्रयोग गर्ने वा यसमा आफ्ना कुराहरू पठाउने कष्ट नगर्नुहोला ।हाम्रो विश्वास के छ भने तपाईं एक अनुशासित नागरिकका रुपमा हामीसँग सदा जोडिइरहनु हुनेछ । सबैको र सबैभन्दा राम्रो नेपाली समाचार पोर्टल infonepalonline.com मा तपाईंलाई हार्दिक स्वागत छ ।