धर्म/संस्कृतिमुक्कुमलुङमा अनिश्चितकालीन यातायात बन्द

मुक्कुमलुङमा अनिश्चितकालीन यातायात बन्द

इटहरी | ताप्लेजुङस्थित धार्मिक स्थल मुक्कुमलुङ पाथीभरा क्षेत्रमा केवलकारको विवादका क्रममा शनिबार साँझ भएको गोली प्रहारको विरोधमा आन्दोलनकारीहरूले मङ्गलवारदेखि अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका छन्।

मुक्कुमलुङ संरक्षण संयुक्त समिति, पाथीभरा केबलकार खारेजी संयुक्त सङ्घर्ष समिति, किरात याक्थुङ चुम्लुङ सङ्घीय समिति, लिम्बू थरगत संस्था सहजीकरण समूह, तथा किरात धर्म तथा साहित्य उत्थान सङ्घले आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै मेची राजमार्ग, तमोर कोरिडोर, र तेह्रथुमबाट ताप्लेजुङ प्रवेश गर्ने सडक नाकाहरूमा यातायात बन्द रहने बताएका छन्।

संयुक्त विज्ञप्तिमा शान्तिपूर्ण प्रदर्शनका क्रममा सुरक्षाकर्मीले गोली चलाएको भन्दै त्यसको विरोधस्वरूप अनिश्चितकालीन बन्दको आह्वान गर्न बाध्य भएको उल्लेख छ।

गोली लागी गम्भीर घाइते भएका व्यक्तिहरूमा यामबहादुर लिम्बू, सगुन लावती, धर्मेन्द्र पालुङवा, र मङ्गल लावती रहेको जनाइएको छ। ताप्लेजुङ जिल्ला प्रहरीले लक्ष्मण लिम्बू र चन्द्रसागर लिम्बूलाई हिरासतमा लिएको छ भने अन्य घाइतेहरूसँग सम्पर्क हुन नसकेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img