मकवानपुर: मकवानपुरको बागमती गाउँपालिकाले अनिवार्य तथा निशुल्क शिक्षा घोषणा गर्दैछ । गाउँपालिकाले बुधबार एक सभा गर्दै अनिवार्य तथा निशुल्क शिक्षा घोषणा गर्न लागेको जनाएको छ ।
बागमती प्रदेशको शिक्षा विकास निर्देशनालय र पालिकाबीच भएको सम्झौता अनुसार उक्त सभा गर्न लागिएको हो ।
यसअघि पालिकाले अनिवार्य तथा निःशुल्क शिक्षा कार्यक्रमअन्तर्गत् अभिमुखीकरण, घरधुरी सर्वेक्षण, विद्यालय बाहिर रहेका बालबालिकाहरूको तथ्यांक संकलन ,घलअभिभावक चेतना कार्यक्रमअन्तर्गत् वडाहरुमा सडकनाटक प्रदर्शन समेत गरेको थियो । पालिकामा ५० सामुदायिक विद्यालय रहेको छ ।