शिक्षाप्रविधिक शिक्षा: जनप्रियमा नयाँ शैक्षिक सत्रका लागि भर्ना खुल्यो

प्रविधिक शिक्षा: जनप्रियमा नयाँ शैक्षिक सत्रका लागि भर्ना खुल्यो

हेटौंडा | हेटौँडाको चिसापानीमा रहेको श्री जनप्रिय माध्यमिक विद्यालय प्राविधिक शिक्षालयले शैक्षिक सत्र २०८१/८२ का लागि विभिन्न संकायहरूमा भर्ना खुला गरेको छ। सीटीईभीटी कार्यक्रम अन्तर्गत कृषि विज्ञान, पशुविज्ञान, र इलेक्ट्रिकल इञ्जिनियरिङ्ग विषयहरूमा डिप्लोमा तहको अध्ययनका लागि भर्ना खुलेको विद्यालयले जनाएको छ ।

साथै, कक्षा ११ र १२ मा शिक्षा, मानविकी, व्यवस्थापन, बाली विज्ञान र विज्ञान विषयहरूमा पनि भर्ना खुला गरिएको छ।

विद्यालयले विद्यार्थीहरूलाई २०८१ साल श्रावण १३ गतेसम्म आवेदन फाराम भर्न आग्रह गरेको छ। थप जानकारीका लागि इच्छुक विद्यार्थी तथा अभिभावकहरूले सिधै विद्यालयमा सम्पर्क गर्न सक्नेछन्। विद्यालय गुणस्तरीय तथा सिपमूलक शिक्षा प्रदान गर्ने प्रतिबद्धताका साथ विगत १९ वर्षदेखि समुदायको सेवामा समर्पित रहदै आएको छ ।

janapriya

प्रविधिक शिक्षा किन?

प्राविधिक शिक्षा आजको युगमा अत्यन्त महत्वपूर्ण छ किनकि यसले विद्यार्थीहरूलाई रोजगारी र उद्यमशीलताको लागि आवश्यक व्यावहारिक सीप र ज्ञान प्रदान गर्छ। यो शिक्षाले सैद्धान्तिक र प्रयोगात्मक ज्ञानको संयोजन गर्दै, विद्यार्थीहरूलाई वास्तविक कार्यक्षेत्रका चुनौतीहरू सामना गर्न तयार पार्छ। नेपाल जस्तो विकासशील देशमा प्राविधिक जनशक्तिको माग उच्च छ, र यस्तो शिक्षाले देशको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउँछ। यसका साथै, प्राविधिक शिक्षाले विद्यार्थीहरूलाई नवीनतम प्रविधिसँग परिचित गराउँदै, उच्च शिक्षाको लागि बलियो आधार प्रदान गर्छ र अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्षम बनाउँछ।

प्रविधिक शिक्षा र व्यवसायिक तालिम प्रदान गर्ने निकायलाई छोटकरीमा सीटीभीटी भनेर चिनिन्छ । यसले सर्टिफिकेट तथा डिप्लोमा अन्तर्गतका विभिन्न तालिमको व्यवस्था गर्दै आएको छ । यसले नेपालको शिक्षा मन्त्रालयअन्तर्गत रहेर प्रविधिकतर्फका अनमी, भेटनरी विज्ञान, वनस्पती (कृषि) विज्ञान, कम्युटर विज्ञान, सिभिल, इलेक्ट्रिकल र मेकानिकल इन्जिनियरिङ, ल्याब टेक्निसियनजस्ता विषयहरु रहेका छन् ।

तीन वर्से कोर्षका रुपमा डिप्लोमाका केही विषयहरु छनौट गरेर पढ्न पाइन्छ । यो विषय प्लस टू को विकल्पको रुपमा रहेको छ । यसअन्तर्गत सञ्चालन हुने विषयहरुमा दक्षता हासिल गरेपछि सोही विषयको विज्ञ अर्थात् प्राविधिकको रुपमा काम पनि गर्न सकिन्छ । डिप्लोमा शिक्षामा सिभिल, मेकानिकल, इलेक्ट्रोनिक्स, इलेक्ट्रिकल, आर्किटेक्चर इन्जिनियर विषयहरुको अध्ययन गर्न पाइने छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img