निर्वाचनझापामा मतदानस्थलको तयारी पूरा , मतदान गर्न जाँदा हुन्छ

झापामा मतदानस्थलको तयारी पूरा , मतदान गर्न जाँदा हुन्छ

सुनसरी / झापा जिल्लामा निर्वाचनको तयारी पूरा भएकाले मतदान गर्न जाँदा हुने भएको छ । सबै मतदानस्थलमा कर्मचारी पुगेर मतदानस्थल निर्माणको काम गरिसकेका छन्।

झापाका २८५ मतदानस्थलका ७६८ वटै मतदान केन्द्रमा करिब सात हजार स्थायी कर्मचारी र चार हजार ८ सय स्वयंसेवक खटाइएको छ । ६ लाख ६३ हजार ३११ मतदाता रहेको झापामा यसपटक ७४ प्रतिशत मत खस्ने अनुमान गरिएको निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिनिधिसभातर्फ ५ वटा र प्रदेश सभातर्फ १० वटा निर्वाचन क्षेत्र रहेको झापामा प्रतिनिधिसभातर्फ ९४ जना र प्रदेश सभातर्फ ९८ जना उम्मेदवार चुनावी मैदानमा छन्।

झापामा २८५ मतदानस्थलमध्ये सुरक्षा निकायले ९५ अतिसंवेदनशील, १४४ संवेदनशील र ४६ सामान्य मदतानस्थलको रूपमा वर्गीकरण गरेको छ । ८५ मतदानस्थलमा एक हजार ८०१ प्रहरी र तीन हजार ४६२ म्यादी प्रहरी खटाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img