Tuesday, June 17, 2025
देशकोशी प्रदेशआमा मारेर बुबाले आत्महत्या गरेपछि ‘टुहुरो’ भए ८ वर्षीय बबिन

आमा मारेर बुबाले आत्महत्या गरेपछि ‘टुहुरो’ भए ८ वर्षीय बबिन

spot_img

मोरङ | मोरङको बेलबारीमा शोकान्त घटना भएको छ। ६० वर्षीय बमबहादुर लिम्बू र ४५ वर्षीया गीता लिम्बूको मृत्युपछि उनीहरूका ८ वर्षीय छोरा बबिन लिम्बू टुहुरा बनेका छन्।

बुधबार बिहान राति १:५० बजेतिर बेलबारीस्थित इलाका प्रहरी कार्यालयमा बमबहादुर र गीताका छिमेकीहरू आइपुगे। उनीहरूले भनेका थिए, “गीता र बमबहादुर दुबै रक्ताम्य ढलेका छन्।” यसपछि प्रहरी बमबहादुर र गीताको घरतर्फ लागे।

-Ads-

प्रहरी निरीक्षक तेज दाहालका अनुसार बमबहादुर र गीताबीच मध्यरातमा झगडा भएको थियो। झगडाको चरम अवस्थामा बमबहादुरले गीतालाई दाउले प्रहार गरेका थिए। “जब गड्डाङगुडुङ गर्‍यो, बबिनले थाहा पाए, घरबेटी निर्मला घटनास्थलमा पुगेकी थिइन्। त्यतिबेला बबिन कोठाभित्रै थिए,” दाहालले भने।

घरबेटी निर्मला आत्तिइन् र हत्तपत्त ढोका खोलिन्। डरले लुगलुग काँपिरहेका बबिन निर्मलासँगै बाहिर छिमेकीसँग हारगुहार गर्न पुगेका थिए। घटनास्थल पुग्दा गीताको शरीरमा जीवित चाल थिएन। बमबहादुरलाई नोबेल अस्पताल विराटनगर लगिएको थियो, तर उपचारकै क्रममा उनको पनि मृत्यु भयो।

प्रहरीका अनुसार बमबहादुर र गीताको दोस्रो विवाह थियो। बबिन उनीहरूका एक्लो छोरा हुन्। गीता धनकुटाकी र बमबहादुर तेह्रथुमका रहेको खुलेको छ। दुबैका पहिलेका सन्तानहरू छन्, तर कति कहाँ छन् खुलेको छैन। उनीहरू चार-पाँच वर्षअघि मात्र बेलबारी आएका थिए।

जीवनको उत्तरार्द्धमा बमबहादुरले श्रीमतीको हत्या गरेर आफ्नै छोरा बबिनको सहारा खोसेका छन्। बुवा-आमा दुबै नरहेपछि बबिनको कलिलो बाल्यकाल अनिश्चित बनेको छ। उनी अहिले जेठीआमाकी छोरीको काखमा पुगेका छन्। घटनाको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img