Saturday, May 17, 2025
समाजदन्त शिविरमा ५५ जनाको दाँत झारियो
spot_img

दन्त शिविरमा ५५ जनाको दाँत झारियो

spot_img

सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका-६ स्थित शिद्धबाबा माध्यमिक विद्यालय, पानीट्यांकीमा निःशुल्क दन्त शिविर सम्पन्न भएको छ। रोटर्याक्ट क्लब अफ सिन्धुलीगढी र रोटर्याक्ट क्लब अफ कान्तिपुर डेन्टल कलेजको संयुक्त आयोजनामा भएको शिविरमा एक सय ७० जनाले सेवा लिएका छन्।

शिविरमा ५५ जनाको किरा लागेर हल्लिएको दाँत फुकालिएको(झारिएको) छ भने ३५ जनाको दाँत भरिएको रोटर्याक्ट क्लब अफ सिन्धुलीगढीका सचिव नविन देवकोटाले जानकारी दिनुभयो। त्यस्तै ८० जनाको स्क्रिनिङ गरी सिन्धुली अस्पतालमा रिफर गरिएको छ।

“दाँतले शारीरिक स्वास्थ्यमा महत्वपूर्ण भूमिका खेल्छ, यसको महत्व सौन्दर्य र व्यक्तित्वमा पनि अभिन्न रूपले जोडिएको छ,” देवकोटाले भन्नुभयो, “दाँत बलियो भएमात्र समग्र पेट वा स्वास्थ्य राम्रो हुन्छ। तर, दाँत नदुखेसम्म वा समस्या नआउँदासम्म हामीले दाँतको बारेमा खासै ध्यान दिँदैनौँ।”

गाउँमा निःशुल्क दन्त शिविर चल्दा स्थानीयवासी निकै उत्साहित थिए। शिविरमा दाँतको सुरक्षाका विषयमा पनि जानकारी दिइएको देवकोटाले बताउनुभयो। शिविरमा कान्तिपुर डेन्टल कलेजका विद्यार्थी र स्थानीय स्वास्थ्यकर्मीले उपचार सेवा दिएका थिए।

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img