राशिफलपशुपति नाथले सबैको रक्षा गरुन, आज पुस १७ गते शनिवार,  तपाईंको भाग्य...

पशुपति नाथले सबैको रक्षा गरुन, आज पुस १७ गते शनिवार,  तपाईंको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

२०७८ पुस १७ गते शनिवार, १ जनवरी २०२२। पाैष कृष्णपक्ष चतुर्दशी तिथि। ज्येष्ठा नक्षत्र, चन्द्रराशि– वृश्चिक। १८ः२६ बजेदेखि मूल नक्षत्र, धनु राशि।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
सामान्य कामका लागि धेरै दौडधुप गर्नुपर्नेछ। अवसर आए पनि विवादास्पद काममा जुट्नुपर्दा प्रतिफल प्रभावित हुनेछ। अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेलाबेहोर्नुपर्ला। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा विशेष ध्यान पुर्याउनुहोला। अध्ययनमा त्यति समय दिन नसकिएला। तर अप्ठ्यारा परिस्थितिसँगसम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
बिछोडिएका आफन्तजनसँग रमाइलो भेटघाट हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। परिवारजनको साथले उत्साह जगाउनेछ। अप्ठ्यारा परिस्थितिलाई समेतसहज बनाउन सकिनेछ। व्यापार र पेसामा राम्रै फाइदा हुनेछ। आफन्तसँग सुमधुर सम्बन्धका लागि व्यवहारमा ध्यान पुर्याउनुहोला। आलस्य गर्नाले काममा विलम्बहुन सक्छ। अरूको भरपर्दा लाभ उठाउन नसकिएला।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
प्रतिस्पर्धामा उत्रनुपरे पनि प्रतिष्ठा जोगाउन सफल भइनेछ। स्रोतसाधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। प्रयत्न गर्दा अवसर प्राप्त हुनेछन् र सामान्यफाइदा उठाउन सकिनेछ। तर ईर्ष्यालु मन भएकाहरूले सताउन सक्छन्। आफ्ना सामानमा अरूले दाबी गर्नेछन्। केही उपलब्धि देखिए पनि परिस्थितिसँग सम्झौतागर्नुपर्ला। अरूको मुख ताक्ने बानीले समस्या निम्त्याउनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
थकान र अस्वस्थताले आफूलाई कमजोर भएको अनुभूति हुनेछ। अप्ठ्यारा परिस्थितिले काम गर्न विलम्ब हुनेछ। समयको तालमेल नमिल्दा आफ्ना विषयवस्तुमाअरूले दाबी गर्नेछन्। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ। पढाइलेखाइमा त्यति समय दिननसकिएला। अरूको विश्वास गर्दा काममा धोका हुन सक्छ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
परिस्थितिअनुसार निर्णय लिन नसक्दा काम दोहोर्याउनुपर्ने हुन सक्छ। हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ। बेसुरमा दिइएकोवचनले समस्या निम्त्याउन सक्छ। महत्त्वपूर्ण योजना तत्काल सार्वजनिक नगर्नुहोला। आफूलाई विश्वास नलागेका व्यक्तिहरूले भने केही फाइदा दिलाउनेछन्।नसोचेको धन प्राप्त हुनाले घरायसी अभाव पूरा गर्न सकिनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
नयाँ काम प्रारम्भ गर्ने समय छ। मिहिनेतले दिगो फाइदा दिलाउनेछ। पहिलेको उपलब्धिले उत्साह जगाउनेछ। सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका कामसम्पादन हुनेछन्। उद्योग र व्यापारमा सामान्य फाइदा हुनेछ। छोटो समयमा पनि केही प्रतिफल पाइनेछ। तर विश्वास दिलाएर स्रोत फुत्काउनेहरूले धोका दिनसक्छन्। गोपनीयताका लागि अलि चनाखो रहनुहोला।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
समयमा आफ्नो हक दाबी गर्न नसक्दा कम मात्र लाभांश प्राप्त हुनेछ। आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ। हातमा आएको रकम अरूका लागिखर्चनुपर्नेछ। अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ। शुभचिन्तकहरूको भावना बुझेर अघि बढ्नुहोला। धेरै मिहिनेतले मात्र चिताएको काम बन्नेछ।बोलीको प्रभाव कमजोर हुने हुँदा काममा मिहिनेत गर्नुपर्ला।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्नेछ। मिहिनेतको परिणामले आत्मविश्वास बढाउनेछ। विशेष अवसरले प्रसन्नता दिलाउनेछ भने सहयोगीहरूको साथलेकाममा उत्साह जगाउनेछ। विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ भने आकर्षक उपहार प्राप्त हुन सक्छ। अवसर जुट्नेछ तर बलजफ्ती गर्ने बानीले केही समस्यानिम्त्याउन सक्छ। पछिका लागि जग बसाउने समय छ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
करकापमा परी कुनै काममा जुट्नुपर्ने अवस्था रहनेछ। परिश्रमका तुलनामा प्रतिफल कम देखिनेछ। खर्च तथा विवाद बढ्ने समय रहेकाले महत्त्वाकांक्षी योजनामाअघि नबढ्नुहोला। छर–छिमेकमा केही असमझदारी बढ्न सक्छ। टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ। अवसरका लागि भने केही दौडधुप गर्नुपर्ने देखिन्छ।अरूकाे फाइदाका लागि आफ्नाे लाभांश त्याग्नुपर्ने हुन सक्छ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
दिगो काम प्रारम्भ हुनेछ। प्रयत्न गर्दा राम्रो उपलब्धि हातलागी हुनेछ। पहिले रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्न सक्छ। आम्दानीका स्रोत बढ्नालेमनग्य धनलाभ हुनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। श्रमको उचित मूल्यांकन हुनेछ। सञ्चित धनको उपयोग गर्दा फाइदा हुनेछ। छोटो समयमै उपलब्धिहातलागी हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
अवसर र व्यवधानका बीचबाट कर्मयोग अघि बढ्नेछ। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। संघर्षले कर्मयोग अघि बढ्नेछ। समयको गतिलाईपछ्याउने प्रयास गर्नुहोला। विशिष्ट व्यक्तिका साथ काम गर्ने अवसर मिल्नेछ। मिहिनेतले केही उपलब्धि दिलाउनेछ। सामाजिक जिम्मेवारी प्राप्त हुनेछ। तरआन्तरिक सूचना बाहिरिन सक्छ, गोपनीयतामा ध्यान पुर्याउनुहोला।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
श्रमपूर्वक समर्पित हुँदा पनि कामको मूल्य कम मात्र पाइएला। आफ्नो क्षेत्रमा अरूले हस्तक्षेप गर्न सक्छन्। अरूका लागि बुद्धि खर्चनुपर्नेछ। जीवनशैली व्यस्त रहनेछर उपलब्धिविहीन काममा समय बित्न सक्छ। तापनि, गरी आएको कामलाई निरन्तरता दिन सकिनेछ। मिहिनेत गर्दा उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। प्रयत्नगर्दा पछि फाइदा हुने काम सुरु गर्न सकिनेछ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img