देशअब विदेश जानेको ड्राइभिङ लाइसेन्स तीन दिनमै

अब विदेश जानेको ड्राइभिङ लाइसेन्स तीन दिनमै

काठमाडौं: यातायात व्यवस्था विभागले विदेश अध्ययन तथा रोजगारीका लागि विदेश जाने नेपालीलाई तीन दिनभित्र सवारी चालक अनुमति पत्र दिने भएको छ ।

एक सूचना जारी गर्दै विभागले वैदेशिक रोजगारी तथा अध्ययनका लागि जानेहरूले आवेदन दिएको तीन दिनभित्र लाइसेन्स पाउने व्यवस्था गरिएको जानकारी गराएको हो । आवेदकले पुस १५ गतेदेखि आवेदन दिन सक्नेछन् । निवेदन स्वीकृत भएको मितिले ३ दिनभित्र स्मार्ट कार्ड छपाइ गरी वितरण हुने विभागले जनाएको छ । यस्तो कार्ड विभागको सहायता कक्षबाट वितरण हुने समेत विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img