मकवानपुरबकैया गाउँपालिकाबकैया अस्पतालमा भिडियो एक्सरे सेवा सुरु, गर्भवती महिलालाई राहत

बकैया अस्पतालमा भिडियो एक्सरे सेवा सुरु, गर्भवती महिलालाई राहत

हेटौँडा |  मकवानपुरको बकैया गाउँपालिकामा रहेका स्थानीय अब हेटौँडा धाउनुपर्ने बाध्यता हटेको छ। बकैया गाउँपालिका–स्थित १५ शैय्याको बकैया आधारभूत अस्पतालमा भिडियो एक्सरे सेवा सुरु गरिएको हो।

सोमबारदेखि औपचारिक रूपमा सुरु गरिएको सेवाबाट अब गाउँमै पेटदेखि गर्भसम्बन्धी प्रारम्भिक समस्या पत्ता लगाउन सकिने भएको छ। पहिलो दिन नै गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेले पेटको एक्सरे गराएर सेवा उद्घाटन गर्नुभयो।

गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख रमेश फुयालका अनुसार, सेवा प्राथमिक तहको हो र त्यसबाट गम्भीर अवस्थाका बिरामीलाई उपयुक्त स्वास्थ्य संस्थामा रेफर गर्न सकिने व्यवस्था मिलाइएको छ।

भिडियो एक्सरे नहुँदा लामो समयदेखि स्थानीयहरू सामान्य स्वास्थ्य परीक्षणका लागि समेत हेटौँडा जान बाध्य थिए। नयाँ सेवा सुरु भएसँगै विशेषगरी गर्भवती महिलाहरूलाई राहत पुग्ने अपेक्षा गरिएको छ।

हाल बकैया अस्पतालमा २ जना मेडिकल अधिकृत कार्यरत छन्। अस्पतालका निमित्त प्रमुख डा. कुमार ढुंगेल र डा. किशोर श्रेष्ठको टोलीले आकस्मिक, बहिरंग र प्रसूति सेवा उपलब्ध गराउँदै आएको छ।

अस्पतालमा हरेक महिनाजसो १० देखि १५ जना महिलाले प्रसूति सेवा लिइरहेका छन् भने दैनिक ६०–७० जनासम्म बिरामीले सेवा लिने गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img