देशकोशी प्रदेशधनकुटामा एक बिरामीको मृत्यु भएपछि मेडिकल तोडफोड गरे

धनकुटामा एक बिरामीको मृत्यु भएपछि मेडिकल तोडफोड गरे

सुनसरी / धनकुटाको हिले स्थित उज्यालो मेडिकल हलमा उपचारको क्रममा धनकुटा आँखीसल्लाकी एक बिरामीको मृत्यु भएपछि तोडफोड गरिएको छ ।

मङ्गलबार बिहान आफै हिँडेरै अस्पतालसम्म आएकी सहिदभूमि गाउँपालिका ६ आँखीसल्लाकी ५३ वर्षीया विष्णुमाया राईको उपचारको क्रममा मृत्यु भएको हो ।

ग्यास्टिकको सुई लगाएर निस्किएको बिरामी बजारको केही तलसम्म हिँडेर पुगेको र अचानक बेहोस भई ढलेकोले पुनः बिरामीलाई उज्यालो मेडिकल पुर्याउँदा मृत्यु भएको बताइएको छ । मेडिकलमा दिइएको सुईको कारण मृत्यु भएको मृतकका आफन्तले बताएका छन् ।

आक्रोशित मृतकका आफन्तले ढुङ्गामुढा प्रहार गरी मेडिकलको सिसा फुटाइदिएका छन् । सञ्चालक ललित घिमिरे र स्वास्थ्यकर्मीलाई कानून बमोजिम कारबाही गरिनुपर्ने माग गर्दै आफन्तले अस्पताल तोडफोड गरेका थिए ।

मङ्गलबार साँझ पीडितका आफन्त र अस्पताल सञ्चालकबीच भएको छलफलपछि भने मृतकका आफन्तलाई क्षतिपूर्ति स्वरूप उज्यालो मेडिकलले साढे ५ लाख रुपैयाँ दिने सहमति भएपछि आफन्तले शव बुझेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img