सुनसरी / भैसीसँग मोटरसाइकल ठोक्किदाँ भएको दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।
झापाको कमल गाउँपालिका ३ स्थित सहिद गेट नजिकै को २१ प ७७ नम्बरको मोटरसाइकल बाटो सडकमा भैसीसँग ठक्कर हुँदा दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक मोरङको सुन्दरहरैँचा नगरपालिका ४ बस्ने ३१ वर्षीय मदनबहादुर लाय मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।मोटरसाइकलमा सवार इटहरी ४ बस्ने ३० वर्षीय अभिषेक चौधरी घाइते भएका छन् ।
दुवै जनालाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड लैजादैँ गर्दा मगरको बाटोमा नै मुत्यु भएको प्रहरीले जनाएको छ । घाइते चौधरीको उपचार भइरहेको छ । घटनाबारे आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।



