Friday, December 6, 2024
देशकोशी प्रदेशसुनसरी पसे हात्ती: बराहक्षेत्रमा एकको ज्यान गयो, धरानमा सतर्कता

सुनसरी पसे हात्ती: बराहक्षेत्रमा एकको ज्यान गयो, धरानमा सतर्कता

सुनसरी: लामो समयदेखि मोरङ र झापामा बसिरहेको हात्तीको बथान सुनसरी आएको छ । एक जनाको मृत्यु भएको भएपछि धरान उपमहानगरपालिकाले सतर्कता अपनाउन सूचना जारी गरेको छ ।

सुनसरीको वराहक्षेत्र ५ मा जङ्गली हात्तीको आक्रमणबाट स्थानीय ६९ वर्षीय भीमबहादुर विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक नबीनकृष्ण भण्डारीले जानकारी दिए ।

बिहान नजिकैको जनजागृति सामुदायिक बनमा घाँस काट्न गएका विष्ट दिउसोसम्म नफर्किएपछि खोजी गर्ने क्रममा हात्तीले कुल्चिएर मृत अवस्थामा भेटिएको भण्डारीले जानकारी दिए । नजिकै हात्तीको बथानहरू भेटिएका छन् ।

यस्तै यता धरान उपमहानगरपालिकाले नगरवासीलाई सावधानी अपनाउन सूचना जारी गरेको छ । धरान उपमहानगरपालिका क्षेत्रभित्रको वन जङ्गलमा प्रवेश गर्न सक्ने अवस्था देखिएको भन्दै वन जङ्गल छेउका बस्तीका नागरिकहरू, सम्पूर्ण नगरवासीहरू, वडा कार्यालयहरू, डिभिजन वन कार्यालय, डिभिजन वन कार्यालयहरू, सुरक्षा निकायहरूलगायत सबै पक्ष सतर्क, चनाखो रही सुरक्षित हुन सूचनामार्फत आग्रह गरेको छ । मेयर हर्क साम्पाङले सूचना जारी गरेका हुन् ।

साथै विशेषगरी वडा नं ५, ६, ८, १४, १५, १७, १८, १९ र २० का वन छेउका समुदायहरुमा हात्तीको आतङ्कको जोखिम हुने अवस्था देखिएमा तुरुन्त नजिकैको वडा कार्यालय, सुरक्षा निकाय, डिभिजन वन कार्यालय, डिभिजन वन कार्यालयहरू र धरान उपमहानगरपालिकामा सम्पर्क गर्नसमेत आग्रह गरेको छ ।

दुई महिनायता झापाको बाहुनडांगी क्षेत्रबाट नेपाल प्रवेश गरेका हात्तीको बथानले पूर्वी तराइमा ७ जनाको ज्यान लिएको छ ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement
spot_img
spot_img

सिफारिस

spot_img
spot_img