Wednesday, January 15, 2025
देशकोशी प्रदेशराष्ट्रपति पौडेलद्वारा बराहक्षेत्रको 'महाकुम्भ मेला' उद्घाटन

राष्ट्रपति पौडेलद्वारा बराहक्षेत्रको ‘महाकुम्भ मेला’ उद्घाटन

सुनसरी | राष्ट्रपति रामचन्द्र पौडेलले बराहक्षेत्र नगरपालिकास्थित चतराधामको महत्त्वको कुम्भ मेलाको उद्घाटन गरेका छन्। मङ्गलवारदेखि सुरु भएको १२ वर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेलाको उद्घाटन गर्दै उनले कुम्भ प्रारम्भ भएको पवित्र दिनले गणतन्त्रले बोकेको दर्शनलाई सार्थक रूप दिन हामी सबैलाई सत्प्रेरणा मिलोस् भन्ने कामना गरेका छन्।

राष्ट्रपति पौडेलले धर्मको अर्थ विश्वमा शान्ति, सहिष्णुता र बन्धुत्वको भावना स्थापना गर्नु रहेको उल्लेख गर्दै द्रष्टाहरूले हजार वर्ष पहिले नै अहिलेको विश्वको कोलाहल र जलवायु परिवर्तनको समस्याको समाधानबारे उल्लेख गरेको विचार व्यक्त गरेका छन्।

कार्यक्रममा काेशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले धार्मिक तथा पर्यटकीय बराह क्षेत्र तथा चतराधामकाे विकास र समृद्धिका लागि सबैको पहल आवश्यक भएको उल्लेख गर्दै प्रदेश सरकार यसका लागि पछि नहट्ने बताएका छन्।

मेलाका लागि सरसफाइ, पन्डालको निर्माण, प्रचारप्रसार, विद्युत् तथा सञ्चार सुविधा, शान्ति सुरक्षा तथा विपद् जोखिम न्यूनीकरणका लागि पहल भएको साथै मेला अवधिभर चतरामा मदिरा माछा,मासु विक्री वितरणमा निषेध गरिएको बताइएको छ।

पूर्ण महाकुम्भ मेला मूल आयोजक समितिका अनुसार देश विदेशका गरी लाखौँ धार्मिक भक्तजनको मेलामा सहभागिता रहने उल्लेख गरिएको छ। मेला चैत २७ देखि वैशाख २८ गते सम्म एक महिनाका लागि लाग्नेछ।

भव्य, सभ्य कुम्भ मेलामा नेपाल र भारतका भक्तजनहरू सहभागी भएका छन्। बाह्रकुम्भ मध्ये नेपाल लगायत भारतका प्रयाग, नासीक, उज्जैन र हरिद्वारमा कुम्भमेला लाग्ने गर्दछ। यहाँ प्रत्येक ६ वर्षमा अर्धकुम्भ र १२ वर्षमा पूर्णमहाकुम्भ मेला लाग्ने गरेको छ।

ITAHARI 1 ADS

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img