देशकोशी प्रदेशइटहरीमा पृथ्विनारायण शाहको समारोह सम्पन्न

इटहरीमा पृथ्विनारायण शाहको समारोह सम्पन्न

इटहरी / इटहरीमा हिजो पृथ्वीनारायण शाहको ३०० औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइएको छ । पृथ्वी जयन्तीको अवसरमा हिजो सिंहदरबार पश्चिम मूलद्वारमा अवस्थित पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पणको कार्यक्रम गरिएको छ ।

विक्रम सम्बत १७७९ पुष २७ गते गोर्खामा जन्मिएका पृथ्वीनारायण शाहले स-साना राज्यलाई एकीकरण गरी आधुनिक नेपाल निर्माण गरेका थिए । तत्कालीन नेपालको अवस्थालाई विश्लेषण गर्दै पृथ्वीनारायण शाहबाट भएको दिव्योपदेश अहिले पनि उत्तिकै सान्दर्भिक रहेको भनी दूरदृष्टि व्यक्तिका रुपमा उनको सर्वत्र प्रशंसा हुँदै आएको छ ।

विक्रम सम्बत २०६९ साल देखि हरेक वर्ष इटहरीमा पुष २७ गते नेपाल एकीकरण दिवस तथा पृथ्वीनारायण जयन्ती मनाउँदै आएको छ । सन्तबहादुर डुम्जनको संयोजकत्वमा नेपाल एकीकरण पृथ्वी जयन्ती समारोह गठन गरि राष्ट्र पृथ्वीनारायण शाहलाई स्मरण गरि मनाइएको छ । सो अवसरमा बाजागाजा सहित नगरपरिक्रमा पनि गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img