देशकोशी प्रदेशधनकुटा प्रशासनले जारी गर्यो यस्तो आदेश

धनकुटा प्रशासनले जारी गर्यो यस्तो आदेश

सुनसरी : जिल्ला प्रशासन कार्यलय धनकुटाले बुधबार देखि लागू हुनेगरि आदेशपत्र जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद पन्थको अध्यक्षतामा बसेको ओमिक्रोन भेरियन्ट भारतमा पनि भयावह रूपमा फैलिएको हुँदा नेपालमा पनि देखा परेकाले विभिन्न नियम लागू हुने गरि जिल्ला प्रशासन कार्यलय धनकुटाले आदेशपत्र जारी गरेको छ ।

कोभिड-१९ संक्रमणको जोखिमलाई ध्यानमा राखि तोकिएका स्वास्थ्य सुरक्षाका मापदहरू ( माक्सको उचित , प्रयोग ,स्यानीटाइजरको प्रयोग र भौतिक दुरी कायम ) अनिवार्य रूपमा नियम पालना गर्नु पर्ने र गराउने पनि रहेको छ ।

२५ जना भन्दा बढी सहभागी हुने भिडभाडजन्य मेला , महोत्सव , सभा सेमिनार गोष्ठी लगायतका कुनै पनि कार्यक्रम नगर्न र नगराउन आदेश , सबै आधारभुत तथा माध्यमिक विद्यालयहरू सञ्चालनको हक नेपाल सरकार शिक्षा मन्त्रालयको निर्णयनुसार विद्यालय बन्द गर्न आदेश दिएको छ ।

कोभिड-१९ विरूद्वको खोप लषाउन छुट भएका १२ वर्ष भन्दा माथिका व्यक्तिहरूले नजिकको स्वास्थ्य संस्थामा गई खोप लगाउन र यसको लागि स्वास्थ्य कार्यलय , धनकुटाले आवश्यक व्यवस्था र सहजीकरण गर्ने जस्ता आदेश दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img