अन्य
    देशप्रदेश १प्रदेश १ को नाम कोसी प्रदेश!

    प्रदेश १ को नाम कोसी प्रदेश!

    विराटनगर : प्रदेश १ को नामाकरण चालु अधिवेशन बाटै टुंगो लगाउने विषयमा प्रदेश १ को प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबैजसो दलहरू सहमत भएका छन्। प्रदेश १ का मुख्य दलहरू नेपाली कांग्रेस र नेकपा एमालेवीचमा प्रदेशको नामाकरण यहि प्रदेशसभाबाट टुंगो लगाउने औपचारिक सहमति नै भइसकेको छ।

    प्रदेश १ का दुई ठूला पार्टीहरू नेकपा एमाले र नेपाली कांग्रेस दुबैले संसदीय दलको बैठकबाटै यहि अधिवेनबाट प्रदेशको नाम राख्ने निर्णयसमेत गरिसकेका छन्। नेकपा एमालेले प्रदेशको नाम राख्नका लागि सहमति जुटाउन प्रदेश १ का पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीको संयोजकत्वमा ५ सदस्यीय समिति पनि गठन गरिसकेको छ। प्रदेशको नामाकरणका विषयमा प्रदेश सरकारको तर्फबाट पनि स्वास्थ्य मन्त्री जयराम यादवलाई संयोजकको जिम्मेवारी तोकिएको छ।

    यस्तै नेकपा माओवादी केन्द्र र अन्य दलका सांसदहरू पनि यहि अधिवेशनबाट नाम टुंगो लगाउनुपर्ने धारणा प्रदेशसभा बैठक र सार्वजनिक कार्यक्रमहरूमा राख्दै आएका छन्। नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता तथा प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्वोले यहि अधिवेशनबाट प्रदेशको नामाकरण टुंगो लगाउन माओवादी केन्द्र तत्पर रहेको बताएका छन्। उनले भने‘यहि अधिवेशनबाट प्रदेशको नामाकरण टुंगो लगाउनु पर्ने विषयमा हामी प्रष्ट छौं।’

    नेपाली कांग्रेस प्रदेश १ का प्रमुख सचेत सुयर्माराज राईले यहि अधिवेशनबाट नामाकरण टुंगो लगाउने संसदीय दलको बैठकले निर्णय गरिसकेको जानकारी दिए। उनले बैठकले नामाकरणको विषयमा पार्टी भित्र साझा धारणा बनाएर अघि बढ्ने र गठबन्धनको प्रदेश १ को उच्च स्तरिय संयन्त्रका संयोजक नेपाली कांग्रेसका संसदीय दलका नेता राजीव कोइरालालाई नामका विषयमा गठबन्धन दल भित्र साझा धारणा बनाउन छलफल गर्ने र सर्वदलीय बैठक राखेर नामका विषयमा छलफल चलाउने भन्ने निर्णय गरिसकेको जानकारी दिए। उनले सहमति जुटे सर्वसम्त नभए प्रकृयामा लगेर भए पनि प्रदेशको नाम यहि अधिवेशनबाट टुंगो लगाउने स्पष्ट पारे।

    यता प्रदेश १ का प्रमुख दुई दल र सरकारले समेत नामाकरणका लागि संयोजक नै तोकेर पहल थाले पनि अझैसम्म प्रदेश १ को नामका विषयमा दलहरूको साझा धारणा भने आएको छैन। तर, अनौपचारिक रुपमा भने दलहरूले प्रदेश १ को नाम कोसी नै राख्न जोड गरिरहेको स्रोतले जनाएको छ। नेकपा एमाले र नेपाली कांग्रेसवीच पनि प्रदेशको नाम कोसी नै राख्ने अनौपचारिक सहमति भएको र कोसीका विषयमा सहमति नभए विकल्पका रुपमा कोसी किंरात नाम राख्ने विषयमा छलफल भएको कांग्रेस निकट स्रोतले जनाएको छ।

    यता नेपाली कांग्रेसका संसदीय दलका नेता राजीव कोइरालाले हालसम्म के नाम राख्ने भन्ने विषयमा कुनै सहमति कसैसँग नभएको बताए।‘हालसम्म प्रदेशको नाम के राख्ने भन्ने विषयमा कसैसँग कुनै सहमति भएको छैन’ उनले भने, ‘प्रदेशको नामका विषयमा चर्चामा रहेका कोसी, सगरमाथा, कोसीकिंरातलगायतका सबै नामका विषयमा छलफल गर्न हामी तयार छौं।’ उनले सत्ता गठबन्धनसँग छलफल गरेर नामका विषयमा साझा धारणा बनाउन आफूले पहल थालेको बताए। पहिले नामका विषयमा गठबन्धन भित्र एक खालको सहमति बनाएपछि प्रतिपक्ष दललगायतसँग छलफल गर्ने तयारीमा रहेको उनले जानकारी दिए। कोइरालाले अब, ठोस नाम तोकेरै छलफल अघि बढाउने स्पष्ट पारे। उनले भने‘सबैले नाम राख्ने मात्रै भन्ने तर, के नाम राख्ने भनेर कोहि नवोल्दा छलफलमै अलमल भइरहेको छ।’

    प्रतिपक्ष दल नेकपा एमालेका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी भने प्रदेश १ को नाम सगरमाथा राख्नुपर्नेमा आफ्नो जोड हुने बताउँछन्। उनले भने, ‘पार्टीको धारणा पछि आउला तर, मेरो व्यक्तिगत धारणा भने प्रदेश १ को नाम सगरमाथा नै राख्नुपर्छ भन्ने हो।’ प्रदेश १ का पूर्व मुख्यमन्त्री शेरधन राईले भने प्रदेशको नाम के राख्ने भन्ने विषयमा छलफल पछि टुंगो लाग्ने बताए।

    उनले आफू सबै नामका विषयमा छलफल गरेर सहमतिका आधारमा नाम टुंगोलगाउनु पर्ने पक्षमा रहेको स्पष्ट पारे। उनले प्रदेश सभाको यहि अधिवेशनबाट नामको टुंगोलगाउन पार्टीले नै निर्णय गरेर समितिसमेत गठन गरिसकेकाले नामाकरणको विषयमा एमाले स्पष्ट छ।

    प्रदेश सभाको कार्यकाल सकिने संघारमा प्रदेश १ को नामाकरणका लागि दलहरूले सक्रियता देखाउन थाले पनि मुख्य विवाद देखिएको भौगोलिक आधारमा नाम राख्ने की जातिय आधारमा नाम राख्ने भन्ने विषयमा भने अझैसम्म निक्यौल भइसकेको छैन।

    प्रदेशको नामाकरणका लागि प्रदेशसभाको दुईतिहाँइ बहुमत आबश्यक पर्छ। प्रदेश एउटै दलको दुई तिहाँइ बहुमत छैन। सत्ता गठबन्धनको पनि सामान्य बहुमत मात्रै छ। प्रदेशको नामाकरणका लागि प्रतिपक्षी दल नेकपा एमालेको साथ आबश्यक पर्छ। तर, प्रदेश १ का ठूला दलहरू सत्तारुढ नेपाली कांग्रेस र प्रतिपक्षी दल नेकपा एमाले नामका विषयमा साझा धारणा बनाएको खण्डमा भने दुई तिहाँइ बहुमत पुग्ने देखिन्छ। प्रदेश १ को प्रदेश सभामा हाल ९० जना सांसद छन्।

    त्यसमध्ये नेपाली कांग्रेससँग २१ र नेकपा एमालेसँग ३९ जना सांसद रहेका छन्। दुबै पार्टीका कुल सांसदको संख्या ६० रहेको छ। यस्तै नेकपा माओवादी केन्द्रको १५ , नेकपा एकिकृत समाजवादी १०, जनता समाजवादी ३, राप्रपा १ र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ जना छन्। नागरिक न्युज

    प्रकाशित मिति :

    प्रतिक्रिया दिनुहोस्

    2 COMMENTS

    1. सगरमाथा प्रदेश नामाकरण हुनुपर्छ। नत्र आगो बालिन्छ😀😀

    2. किराँत कुनै जात हैन नेपालको प्राचीन सभ्यता हो र हाम्रो मौलिकता,सभ्यता,रीति रिवाज,अनेकौं कल्चर संस्कृकाई,पहिलो प्राथमिकताका साथ हरेक क्षेत्रबाट हरेक ठाउँमा जगर्ण गर्नुनै हाम्रो राष्ट् नेपालको पहिचान झल्काउनुहो।

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    संबन्धित समाचार

    सिफारिस

    यो साता चर्चामा

    धेरै पढिएका

    वि.सं. २०७९ मङ्सिर ०७ गते बुधवार तदनुसार ई. सं. २०२२ नोभेम्बर २३ तारिख, नल नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु, कलिगत ५१२३, शाके १९४४,...
    काठमाडौं । नेपालमा पहिलोपटक रु. ५००(भ्याटबाहेक) शुल्क तिरेर मात्रै आफ्नो टिभी सेटमा फुटबलको विश्वकपका खेलहरु हेर्न सकिने व्यवस्था गरिएको छ । चौतर्फी विरोधका बाबजुद केही...
    काठमाडौं, अब छिट्टै पाँच जलविद्युत् कम्पनीको आईपीओ खुल्ने भएको छ । नेपाल धितोपत्र बोर्डले पाँच जलविद्युत् कम्पनीलाई प्राथमिक सेयर (आईपीओ) जारी गर्ने अनुमति दिएको हो...

    धेरै कमेन्ट गरिएका