अन्य
    देशप्रदेश १इटहरीको मुख्य चौकमा चारजनाको आकृति

    इटहरीको मुख्य चौकमा चारजनाको आकृति

    सुनसरी / इटहरीको मुख्य चौकमा चारजनाले बोलेको आकृति बनाइएको छ । यस आकृतिमा चार सुरमा उभिएका हिमाल, पहाड र तराईमा बसोबास गर्ने मानिस हुन् ।

    पूर्वी नेपालको सङ्गमस्थल र महेन्द्र राजमार्ग खुलेपछि चर्चामा आएको इटहरी नगरको नामकरण यहाँका आदिवासी थारुहरूको बोलीचालीबाट भएको स्थानीय बुढापाकाहरू बताउँछन्।

    पहिलेदेखि नै यस ठाउँमा इट्टाको प्रयोग विभिन्न प्रयोजनका लागि गरिँदै आएको थियो भने राणा शासनकालको उत्तरार्धमा अपराधीलाई सजाय दिने नियतले इट्टा र काठ मिलाएर बनाएको ‘तुरूङ’ (खुट्टालाई चेपुवाभित्र राखेर सजाय दिने एक साधन) निर्माण गरिएको थियो।

    यहाँका आदिवासी थारु भाषामा इट्टालाई ‘इट’ र काठवाट बनेको तुरूङलाई ‘हरि’ भनिन्छ। यसरी ‘इट’ र ‘हरि’ मिलेर ‘इटहरी’ नाम रहन गएको यहाँका बुढापाकाको भनाइ छ।

    हिमालमा बस्ने शेर्पा अथवा समग्र मंगोल जाति । पहाडमा बस्ने आर्यन समुदाय । तराईमा बस्ने आदिवासी र मधेशी समुदाय र इटहरीका प्रथम नागरिक थारु समुदायको प्रतिनिधिमुलक रूपमा चारजना मानिसलाई बिम्बका रूपमा देखाइएको हो ।

    यी मानिसहरूले बोकेको आकृति ‘तुरुङ’ हो । जसलाई थारु भाषामा इट–हरी भनिन्छ । तल्लो पट्टी इटाले बनाइएको, बीचमा प्वाल राखेर मासथ काठले बनाइएको ‘तुरुङ’ अर्थात् हरी सजाय दिने उपकरण हो । जसलाई थारुहरूले आफ्नो भाषामा इट र हरी भन्थे । पछि यहि इट र हरी बोलीचालीमा इटहरी भएको हो ।

    हिमाल पहाड र तराईमा बसेका मानिसहरूले इट र हरी बोकेका हुन् । समग्रमा यो आकृतिले इटहरीको पहिचान देखाउन र बुझाउन खोजेको हो । कलाकृतिको कन्सेप्ट तथा डिजाइन तयार गरेका कलाकार अभिषेक तिम्सिनाले नेतृत्वको ८ जना कलाकारको टिमले यो कलाकृति निर्माण गरिएको हो । फाईबर ग्लासले बनेका यी कलाकृति कम्तीमा ७० बर्ष टिकाउ हुने उनी बताउँछन् ।

    माथिको आकृतिलाई सौन्दर्यीकरण गर्न तल गोलो वरिपरी हाँसका गमला बनाइएका छन् । त्यसमा सुन्दर फूलहरूको गार्डेन निर्माण गरिनेछ । हाँस तराईमा हुने पंक्षी हो । त्यसैले हाँसको गमला बनाएर पनि सन्देश दिन खोजिएको कलाकार तिम्सिनाले सुनाए ।

    केही समय अघिसम्म यहाँ स्वर्गीय राजा वीरेन्द्र शाहको सालिक राख्ने चर्चा थियो तर, अहिले वीरेन्द्रको सालिक नभइ इट–हरी बन्यो । वीरेन्द्र कै सालिक राख्ने मेयर हेमकर्ण पौडेल स्वयम्ले बताएका थिए ।

    अभिषेकले भने, ‘खास सुरुमा यहाँ वीरेन्द्रकै सालिक राख्न हामीलाई भनिएको थियो । हामी तयारी पनि गरिरहेका थियौँ । राजाको सालिक राख्ने भनेपछि राजावादी हौसिए । सालिक ढाल्नेहरू तर्सिए । सालिक राख्ने पनि यहीँ छन् । सालिक ढाल्नेहरू पनि यहीँ छन् भने ।

    वीरेन्द्रको सालिक राख्ने कुराले ढाल्नेहरूलाई चोट पुगेको र त्यसले नयाँ मोड लिने संकेत देखिएपछि मेयर पौडेलले विकल्पको खोजी गरेको उनले सुनाए । उनका अनुसार विकल्प खोज्दा इटहरीकै पहिचान राखौं भन्ने सहमति भयो । सोही अनुसार अहिलेको कलाकृति बनेको हो ।

    यहाँ विभिन्न जातजाति तथा धर्म-संस्कृतिका मानिसहरूको बसोवास रहेको छ । ब्राहृमण, क्षेत्री, नेवार, राई, लिम्बु, गुरुङ, तामाङ, मुसहर, मुसलमान थारू तथा अन्य समुदायको मुख्य बसोवास रहेको छ भने इटहरी उपमहानगर क्षेत्रमा मुख्य भाषाका रूपमा नेपाली, थारु, मैथिली, राई, लिम्बु, तामाङ, सुनुवार र नेवारी भाषा बोलिन्छ ।

    प्रकाशित मिति :

    प्रतिक्रिया दिनुहोस्

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    संबन्धित समाचार

    सिफारिस

    यो साता चर्चामा

    धेरै पढिएका

    वि.सं. २०७९ मङ्सिर ०७ गते बुधवार तदनुसार ई. सं. २०२२ नोभेम्बर २३ तारिख, नल नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु, कलिगत ५१२३, शाके १९४४,...
    काठमाडौं । नेपालमा पहिलोपटक रु. ५००(भ्याटबाहेक) शुल्क तिरेर मात्रै आफ्नो टिभी सेटमा फुटबलको विश्वकपका खेलहरु हेर्न सकिने व्यवस्था गरिएको छ । चौतर्फी विरोधका बाबजुद केही...
    काठमाडौं, अब छिट्टै पाँच जलविद्युत् कम्पनीको आईपीओ खुल्ने भएको छ । नेपाल धितोपत्र बोर्डले पाँच जलविद्युत् कम्पनीलाई प्राथमिक सेयर (आईपीओ) जारी गर्ने अनुमति दिएको हो...

    धेरै कमेन्ट गरिएका