समाजमैले किन युवा बालेनलाई समर्थन गर्दैछु? किनभने...

मैले किन युवा बालेनलाई समर्थन गर्दैछु? किनभने…

  • 345C4E2E B51F 4FE3 89B2 0B0A429713A6भीम उपाध्याय
    पूर्व सचिव

मुलुकको समस्या युवाहरूमा मुलुकको राजनीतिप्रति र बिगत ३ दशकदेखि उही घिसेपिटेका मुलुक तन्नम पार्ने वाक्कलाग्ने बुढाहरूको गनगनप्रति विरक्ति र मुलुक छाडेर कतै भाग्न पाए हुन्थ्यो भन्ने धारणा बढ्दै गएर नै हो।

लोभी पापी बुढाहरूले आजसम्म दशकौँ ७ पुस्तालाई पुग्ने खानु खाईसके, शरीर पनि अब जीर्ण भइसकेको छ, तिनको भविष्य छैन, न देश बनाउने कुनै जोस, जॉगर र सामर्थ्य अब बॉकी छ। राजकीय सुबिधाबाट करोडौँ कुम्ल्याएर मुटु, किड्नी, कलेजो फेरेर भए पनि, घिटघिट गर्दै भए पनि यी १०० वर्षसम्म बॉच्न सक्छन्, अनि नमर्दासम्म यिनले घिटघिटे सत्ता पनि छोड्दैनन्। त्यति मात्रै हैन, मर्नुअघि सारा नातेदारलाई राज्यका सबै अंगमा जताततै घुसाएर तिनलाई पनि नमर्दासम्म सत्तामा नछाड्न र सत्तामा बस्ने कसरी टिकिरहने भन्ने टेक्निक सिकाइरहेका छन्। जताततै सक्षम योग्य नवयुवाहरूको बाटो ब्लक गरिरहेका छन्।।

यो दुष्चक्र नेपाली युवाले आफ्नै भविष्यका लागि अहिल्यै यसपटक नै तोड्नै पर्छ। सबै मातापिताले आफ्नो सन्तानलाई आफूसंग राख्न पनि युवालाई नै साथ दिनुपर्छ। यसमा लापरवाही नहोस्। तपाईँहरूको बुढेसकालको सहारा नेताहरू हैनन्, तपाईकै आफ्ना सन्तानहरू हुन्। सन्तान भगाइदिने राजनीति गर्ने पापी नेताहरूलाई भूल गरेर पनि कुनै भावना, आवेग वा भुलभुलैयामा परेर पनि मत नहाल्नुहोला।

काठमेयरका उदीयमान युवा बालेन साह त एक प्रतिक मात्र हुन, देशैभरि दशौँ हजार यस्ता बालेनहरू उदाउनु पर्छ, हामीले जगेर्ना गर्नुपर्छ। तिनलाई आफ्नो भविष्य आफ्नै हातमा कसरी लिने सिकाउदै तयार गर्नुपर्छ। पेट, परिवार पाल्न राजनीति गरेको हैन, कहिल्यै गरिने छैन, गर्न नपरोस् भन्ने सिप र कला सिकाउनुपर्छ। राजनीति अहिले जस्तो कमाउ पेशा हैन, समाज देश जनसेवा हो- यो कुरा युवाहरूलाई बुझाउदै ईमानदार नेताहरू उत्पादन गर्नुपर्छ। यो हाम्रो हातमा छ, हाम्रो मताधिकारमा छ। नेपालमा बन्दुक समाते मात्रै काम बन्छ भन्ने डरलाग्दो निरन्तरको द्वन्दको चंगुलबाट मुक्त गर्नुपर्छ।

सबैभन्दा योग्य उम्मेदवार यसरी छान्ने
उम्मेदवार सबैमा केही न केही गुण भएकै हुन्छ तर जसमा चारित्रिक, सदाचार, निष्कलंक, मिठो बोली र सबैलाई समेट्न सक्ने र पेशागत गुणलगायत नेतृ्त्वको अधिकाँश गुण हुन्छन् त्यही सबैभन्दा उपयुक्त उम्मेदवार हो।

स्वातन्त्रले जित्दा र दलीय उम्मेदवारले जित्दा के फरक ?
स्वतन्त्रले जिते भने सबैको जीत हुन्छ। सबैको प्रिय हुन्छ, कसैको बिरोधी हुदैन, कसैलाई दलिय पक्षपात गर्नै पर्दैन। दलहरूका निम्ति पनि सहज हुन्छ। दलीय उम्मदवारले जिते भने टिकट दिने नेताको सेवा, चाकरी र पोष्ट-पेड हुन्छ। विपक्षी दलका भोटरहरूले दुःख पाउछन्। आफ्ना पकेटमा मात्र लाग्छन्।सबै नाजायज कमाई लगेर टाउके नेतालाई बुझाउनुपर्छ र सायद प्रिपेड गरिसकेका हुन्छन्, त्यो पनि उठाउनुपर्छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img