समाजपहिरो र बाढीले दाङमा ३२ वटा घर भत्किए

पहिरो र बाढीले दाङमा ३२ वटा घर भत्किए

दाङ – पहिरो र बाढीले दाङको बंगलाचुली गाउँपालिका वडा नम्बर–८ मा ३२ वटा घर भत्किएका छन् ।

बंगलाचुली गाउँपालिका वडा नम्बर–८ का अध्यक्ष झविन्द्र गाहाका अनुसार ३२ घर भत्किएको र ढाव टोलका ३० घर, स्याँला टोलका ९० घर पहिरोको उच्च जोखिममा रहेका छन् ।

यसैबीच पहिरोले दुई दिनदेखि बन्द भएको भालुवाङ–प्युठान सडक अझै खुलेको छैन । भालुवाङ–प्युठान सडक खण्डअन्तर्गत प्युठानको सरुमारानी गाउँपालिका वडा नम्बर ५ बड्डाँडा क्षेत्रमा पहिरो खस्दा सडक बन्द भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ । ठाउँ–ठाउँमा पहिरो खसेको र अहिले पहिरो हटाउने काम भइरहेको प्रहरीको भनाइ छ ।

सरुमारानीको मोतिपुरमा खसेको ठूलो पहिरो हटाइएको भए पनि अन्य ठाउँमा पहिरो हटाउन अझै समय लाग्ने लुम्बिनी प्रदेश प्रहरी प्रवक्ता तथा प्रहरी उपरीक्षक नवरत्न पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img