मकवानपुर: मकवानपुरको थाहा नगरपालिका ९ चित्लाङ स्थित भित्री सडक खण्डमा सवारी दुर्घटना हुदा एकको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङ तर्फ जादै गरेको बा.४ख ८७७३ नम्बरको बस र बिपरित दिशाबाट आउदै गरेको बा.६५प ४१७३ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना भएको हो ।
दुर्घनामा परि मोटरसाइकल चालक थाहा नगरपालिका बस्ने ३० बर्षिय मनोज गमालको टाउको र शरिरको बिभिन्न भागमा चोट लागी गम्भिर घाईते भएका थिए । उनको उपचारको लागि ट्रमा सेन्टर काठमाण्डौं लगेकोमा उपचारको क्रममा गमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मोटरसाइकल पछाडी सवार ४८ बर्षीय शम्भु गमाल पनि घाईते भएका छन् । उनको मनमोहन अस्पताल काठमाण्डौ उपचार भईरहेको प्रहरीले जनाएको छ । बस र बस चालकलाई इलाका प्रहरी कार्यालय पालुङकले नियन्त्रणमा लिएको छ ।