भिडियोपत्याउनु हुन्छ? मानिसको दिमागमा कम्पुटर जस्तै मेमरी

पत्याउनु हुन्छ? मानिसको दिमागमा कम्पुटर जस्तै मेमरी

काठमाडौं | पत्याउनु हुन्छ? कम्पुटर जस्तै अब मानिसको दिमागमा पनि चिप राख्न सुरु भएको छ । अझै बुझ्ने भाषामा भन्नु पर्दा मानिसको दिमागमा मेमरी राख्न सुरु भएको छ । मस्कको कम्पनी न्यूरालिङ्कले यस समन्धीत ठूलो सफलता हासिल गरेको छ ।

चिप निर्माणको क्रममै न्युरालिंकले भनेको थियो चिपको प्रयोगले आँखा नदेख्ने व्यक्तिले आँखा देख्न सक्नेछन्। शरीरको कुनै भागहरू नचलेको व्यक्तिले सो भाग चलाउन सक्नेछन्। चिपमार्फत कुनै पनि व्यक्तिको दिमाग कम्प्युटरसँग जोडिन्छ। र, यसलाई कम्प्युटर वा मोबाइल फोनबाट कन्ट्रोल गर्न सकिने छ । हो त्यस्तै चिप निर्माण गरेर परिक्षणको अनुमतिमा थियो न्युरालिंक अनुमति पाए संगै परिक्षण सफल भएको तुईतरमा एक भिडियो राख्दै न्युरालिंकले जनाएको छ ।

न्यूरालिङ्कले मस्तिष्क कम्प्युटर इन्टरफेस प्रविधिमा आफ्नो उपलब्धिसँगै मानव जीवनमा नयाँ आशा ल्याएको छ। वास्तवमा न्युरालिंकले मार्च २३ मा एक भिडियो साझा गरेको छ। यो भिडियोमा एक पक्षाघाती व्यक्तिले कम्प्युटरको कर्सरबाट आफ्ना विचारहरूसँग चेस खेलिरहेको देखाइएको छ।

भिडियोमा ती व्यक्तिले आफ्नो नाम नोल्यान्ड अर्बाग खुलाएका छन् । अर्बागको हालको उमेर २९ वर्ष हो । नोल्यान्ड अर्बाग मानसिक रूपमा पूर्ण रूपमा फिट भएपनि उनको काँधको तल्लो भाग पूर्ण रूपमा निर्जीव छ।

सेयर गरिएको भिडियोमा अर्बागले कम्प्युटरको कर्सरलाई पूर्णतया दिमागले कन्ट्रोल गरेको भनेको सुनिन सकिन्छ ।

भिडियोमा अर्बागले आफूसँग भएको दुर्घटना पनि उल्लेख गरेका छन् । अर्बागका अनुसार दुर्घटनाका क्रममा उनको काँधको तल्लो भाग पक्षाघात भएको थियो । त्यसपछि यो वर्षको सुरुमा न्यूरालिङ्कबाट उनको मस्तिष्कमा एउटा चिप प्रत्यारोपण गरिएको थियो । उनले चिप अघि कुनै पनि खेल खेल्न छोडेका थिए तर अब उनी फेरि खेल्न सक्ने भएका छन् ।

यस अगी न्युरालिंकले बाँदर र सुँगुरको दिमागमा चिप प्रत्यारोपण गरेर परीक्षण गरेको थियो। सो समयका केही भिडिओहरू सामाजिक सञ्चालमा भाइरल समेत भएका थिए। सन् २०१६ मा सञ्चालित न्युरालिंक एक हेल्थ (स्वास्थसम्बन्धी) टेक कम्पनी हो। मानिसको मस्तिष्कमा चिप प्रत्यारोपण गर्नु यसको मुख्य उद्देश्य रहेको कम्पनीले बताउदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img