समाजहेटौँडा सडक विस्तारमा प्रभावितका लागि सहुलियत ऋण र कर छुट

हेटौँडा सडक विस्तारमा प्रभावितका लागि सहुलियत ऋण र कर छुट

हेटौँडा | हेटौँडा उपमहानगरपालिकाको ७६औँ कार्यपालिका बैठकले सडक विस्तारबाट प्रभावित घरधनी र व्यवसायीका लागि राहत, सहजीकरण र पुनर्व्यवस्थापनका निर्णय गरेको छ।

बैठकले घरधनीलाई सहुलियतपूर्ण ऋण उपलब्ध गराउन राष्ट्र बैंकलाई अनुरोध गर्ने, व्यवसाय प्रभावित भएकालाई अस्थायी कर छुट प्रस्ताव नगरसभामा लैजाने, घरबारविहीन परिवारको आवास व्यवस्थापन गर्ने र बजार क्षेत्रको सेवा निरन्तरता सुनिश्चित गर्न उद्योग वाणिज्य संघसँग समन्वय गर्ने निर्णय गरेको छ।

प्रभावित क्षेत्रका घरहरूको नक्सापास फास्ट–ट्र्याकबाट गर्ने, २ हजार वर्गफुटसम्मको नक्सा पास दस्तुर छुट प्रस्ताव गर्ने र नमूना घर निर्माण मोडेल तयार गर्ने निर्णय पनि बैठकबाट पारित भएको छ। उपमहानगरले सडक विस्तार सहयोगीहरूलाई धन्यवाद दिंदै त्रिभुवन राजमार्गलाई पर्यटकीय मार्गका रूपमा विकास गर्न संघीय सरकारलाई अनुरोध गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img