नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बारेमा अहिले कांग्रेसले केही नबोल्ने बताएका छन् ।
आज आइतबार काठमाडौँमा पत्रकारहरुसँगको भेटमा महतले अदालतको समस्या अदालतमै मिलाउनुपर्ने भन्दै अहिले यसको बारेमा कांग्रेस केही नबोल्ने बताएका हुन् । प्रधानन्यायाधीश जबराले संविधानको सिमा नाघे मात्रै संसदको भूमिका आउने बताउँदै उनले प्रधानन्यायाधीशले अहिलेसम्म संविधानको सिमा ननाघेको बताए ।
उनले भने प्रधानन्याधीशले संविधानको सिमा नाघेमा मात्र संसदको भुमिका आउँछ। प्रधान्यायाधीशले संविधानको सिमा नाघे संसद बोल्छ। अहिले यसरी संविधानको सिमा नाध्यो भनेर आएको छैन ।महतले अहिले न्यायलयभित्र अलमल भएको र समस्या न्यायाधीश र प्रधानन्यायाधीश मिलेर मिलाउनुपर्ने बताए ।



