मकवानपुर: हेटौँडा/पूर्वराजा ज्ञानेन्द्र शाहले बारा र मकवानपुरको सिमानामा पर्ने चुरियामाई मन्दिर र हेटौंडा-१३, पदमपोखरीमा रहेको ज्याङ्छुपलिङ पोताला गुम्बामा पूजाअर्चना गरेका छन् । उनले आइतबार दिउसो १ बजे चुरियामाई मन्दिरमा हिन्दु परम्पराअनुसार र दिउसो २ः४५ बजे ज्याङ्छुपलिङ पोताला गुम्बामा बौद्ध परम्पराअनुसार पूजाअर्चना गरेका हुन् । गुम्बामा पूजापाठ सकिएलगत्तै उनले एक जोडी परेवा उडाएका थिए ।
पूर्वराजासगै पूर्वरानी कोमल राज्यलक्ष्मी शाह र पूर्वराजकुमारी प्रेरणा राज्यलक्ष्मी सिंहले पनि दुवै धार्मिकस्थलको दर्शन गरी पूजाअर्चना गरेका छन् । राप्रपा केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा सदस्य दीपकबहादुर सिंह, राप्रपाका बिभिन्न तहका नेता तथा कार्यकर्ताहरु, उद्योगपति तथा व्यापारी एवम् सर्वसाधारणले पूर्वराजारानीको स्वागत गरेका छन् । पूर्वराजाको प्रतीक्षामा घण्टौं अगाडिदेखि स्थानीय भेला भएका थिए । भिड छिचोल्न सुरक्षाकर्मी र स्वयम्सेवकलाई हम्मेहम्मे परेको थियो ।
उनको स्वागतमा राप्रपाका नेता/कार्यकर्ता, समर्थक तथा शुभेच्छुकहरुले ठाउठाउमा स्वागत गेट बनाएर घडा राखेका थिए भने राजतन्त्रको पक्षमा नाराबाजीसमेत गरेका थिए । पूर्वराजाको स्वागतका लागि पुगेका राप्रपा कार्यकर्ताहरुले नेपालको झण्डा बोकेका थिए । पूर्वराजा ज्ञानेन्द्रले सा“झ हेटौँडा रिसोर्टमा शुभचिन्तकहरुस“ग भेटघाट गरेका छन् ।
शाह हेटौंडाको विभिन्न धार्मिक क्षेत्रहरुको अवलोकन भ्रमण तथा पूजाआराधनामा सहभागी हुने भएपछि स्वागतका लागि प्रतिनिधिसभा सदस्य तथा राप्रपा केन्द्रीय सदस्य सिंहको संयोजकत्वमा १ हजार १ सय ११ सदस्यीय मूल समिति गठन भएको थियो ।
जाडो छल्दै
हरेक वर्षको हिउँदमा पूर्वराजा शाह देशका विभिन्न जिल्ला भ्रमणमा जाने गर्छन् । जाडो छल्नकै लागि उनी मन्दिर मन्दिर पुग्ने गरेका छन् । यस वर्ष भने उनको प्राथमिकतामा मधेशका विभिन्न जिल्ला परेको छ । पर्सादेखि उनी सर्लाहीका विभिन्न चर्चित मन्दिरको पूजाआजा गरेर आइतबार हेटौँडा आएका हुन् । शनिबार उनी सिमरास्थित मुसहर बस्ती पुगेका थिए ।
सांसदकै नार “राजा आऊ देश बचाउ”
उक्त कार्याक्रममा सहभागी भएका जनाताले देश बनाऊ भन्दै चुनेका प्रतिनिधि सभा सांसद दीपक बहादुर सिंहलेनै ‘राजा आउ देश बचाउ’ भन्ने नारा लगाए । सिहले ज्याङ्छुपलिङ पोताला गुम्बामा राजालाई स्वागत गर्न आएका सहभागीहरुको ध्यान केन्द्रित गर्दै “राजा आऊ देश बचाउ” भने, माहोल त तातियो तर जनताले दिएको मतको भने उनले अपमान गरेका स्पष्टै देखिएको छ ।
राजाको नाममा सांसद सिंहको सम्मेलन
आयोजक मूल समारोह समितिले राजाको पत्रकार सम्मेलन भन्दै बोलाएको कार्याक्रममा राजाको उपस्थित नै थिएन । राजाको पत्रकार सम्मेलन भन्दै पटक पटक पत्रकार झुक्याउने पनि काम गर्दै आएको छ राप्रपा, यस अगी पनि राजाको पत्रकार सम्मेलन भन्दै आयोजना गरिएको सम्मेनाममा राजाको सहभागीता थिएन । राजाको नाममा पत्रकार बोलाएर दीपक सिंहले आफ्नो प्रचार प्रसार भने गरिरहेका छन् ।
‘राजा’ हटाएर ‘पूर्वराजा’
हेटौँडा भ्रमणमा पुगेका पूर्वराजा शाहसम्बन्धि स्वागत/प्रचार सामग्रीमा प्रदेश सरकारका मन्त्रीले आपत्ति जनाएपछि सच्याइएको थियो । वागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठको निर्देशनमा पूर्वराजाको स्वागतमा गलत शब्द राखेर संविधानविपरीत ब्यानर र गेट बनाइएको भन्दै प्रहरीले सच्याउन लगाएको हो ।
हेटौंडा-१० स्थित भुटनदेवी मन्दिरनजिक राजावादीहरुले राजा ज्ञानेन्द्र वीरविक्रम शाहदेव’ उल्लेखित स्वागतद्वार निर्माण गरेका थिए । तर, मन्त्री श्रेष्ठले यसबारे जानकारी पाएपछि उक्त शब्द हटाउन लगाएका थिए । सो क्रममा विवाद भएपछि राजावादीहरु ब्यानरमा उल्लेखित ‘राजॉ शव्दअघि ‘पूर्व’ शब्द थप्न राजी भएका थिए । सच्याइएको बोर्ड राख्न दिइएको प्रहरीले जनाएको छ ।
श्रेष्ठले नेपाल गणतान्त्रिक मुलुक भएकाले यहा“ कुनै राजा नभएको बताए । कसैलाई राजा भनेर लेख्नु संविधानविपरीत हो । त्यसैले राजा लेखिएको ब्यानर हटाउन प्रहरीलाई निर्देशन दिएको हु“ । राजा लेखेको ब्यानर सच्याएर पूर्वराजा लेखिएछ,’ उनले भने ।
राजसंस्थाको अपमान गर्दा ५० वर्ष जेल
उता, थाइल्यान्डको एउटा अदालतले भने राजसंस्थाको अपमान गरेको भन्दै एक जनालाई ५० वर्ष जेल सजाय सुनाएको छ । ३ वर्षअघि सामाजिकसञ्जाल फेसबुकमा पोष्ट गरेको सामग्रीले राजसंस्थाको अपमान भएको भन्दै एक व्यक्तिलाई ५० वर्ष जेल सजाय सुनाइएको हो । थाई राजसंस्थाको आलोचना गर्न बन्देज हुने गरी ल्याइएको कानुनमा टेकेर दिइएको यो सबभन्दा लामो सजाय हो । ३ वर्षअघिको घटनामा मंकोन तिराकोट नाम गरेका व्यक्तिलाई २८ वर्ष जेल सजाय सुनाइएको थियो । बिहीबार त्यहाको पुनरावेदन अदालतले ३० वर्षीय तिराकोटको सजायमा २२ वर्ष थपेर ५० पुर्याएको हो ।
थाइल्यान्डमा राजसंस्थाको आलोचना गर्न प्रतिबन्ध लगाउने ‘लिज म्याजस्टी’ कानुन कार्यान्वयनमा छ । सन् २०१९ मा वाचिरालोंकोर्न राजा बनेपछि हटाइएको लिज म्याजस्टी कानुन पुनः लागु गरिएको हो । थाइल्यान्डमा पछिल्लो समय विद्यार्थीहरुले राजसंस्थामा व्यापक सुधारको माग गर्दै आन्दोलन गर्दै आएका छन् । उक्त आन्दोलनलाई हेर्दै यस कानुनको प्रयोग बढाइएको छ । सन् २०२० यता २ सय ५० भन्दा बढी अभियन्तालाई ‘लिज म्याजस्टी’ कानुनअन्तर्गत् कारबाही गरिएको छ ।