Friday, July 18, 2025
देशबागमती प्रदेशबागमती प्रदेश सभा सदस्य डम्बर तामाङसहित ६ जनाविरुद्ध पक्राउ पुर्जी

बागमती प्रदेश सभा सदस्य डम्बर तामाङसहित ६ जनाविरुद्ध पक्राउ पुर्जी

spot_img

हेटौंडा | नेपाल विद्युत् प्राधिकरणको ठेक्का विवादमा बागमती प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री डम्बर तामाङसहित ६ जनाविरुद्ध ललितपुर जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ। सहन इन्जिनियरिङ कन्सर्न प्रालिका अध्यक्ष सन्तकुमार गुरुङको जाहेरीपछि अदालतले आपराधिक विश्वासघातको अभियोगमा उनीहरूलाई पक्राउ गर्न आदेश दिएको हो।

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तामाङ पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङका काका ससुरा हुन्। धादिङ–२ (ख) बाट निर्वाचित तामाङ प्रदेशको सहकारी मन्त्रीसमेत भएका थिए।

- Advertisement -

स्रोतका अनुसार, घिसिङ विद्युत् प्राधिकरणको नेतृत्वमा रहँदा चिलिमे–त्रिशुली २२० केभी प्रसारण लाइन अन्तर्गतका दुई सब–स्टेसन निर्माणको ठेक्कामा सहन इन्जिनियरिङलाई पाएका कामहरू तामाङको कम्पनी ‘प्रो–सोलुसन्स’ लाई जबरजस्ती दिलाइएको थियो।

२०७४ कात्तिकमा १ अर्ब ११ करोड रुपैयाँमा चीनको पिंगाओ ग्रुप अफ कम्पनीजले पाएको चिलिमे–त्रिशुली सब–स्टेसन निर्माणको सब–कन्ट्र्याक्ट सहन इन्जिनियरिङले लिएको थियो। सहनले करिब ६६ करोड लगानी गरिसकेको अवस्थामा, घिसिङको दबाबमा पिंगाओमार्फत भुक्तानी तामाङको प्रो–सोलुसन्सलाई दिइएको र सहनलाई रकम नदिएको आरोप जाहेरीमा छ। यसै आधारमा आपराधिक विश्वासघात देखिएको भन्दै पक्राउ आदेश जारी भएको हो।

पक्राउ पुर्जी पाउनेहरूमा तामाङसहित प्रो–सोलुसन्सका संस्थापकहरू — सन्तोष पौडेल, संचिता श्रेष्ठ, राजेन्द्र अवस्थी, सरोज शाही र दिनेशकुमार यादव रहेका छन्।

५ फागुन २०८१ मा ललितपुर अदालतले आदेश जारी गरेपछि तामाङले उच्च अदालत पाटनमा रोक लगाउने निवेदन दिएका थिए। तर गत ९ असारमा उच्च अदालतले निवेदन खारेज गरेको हो।

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img