सुनसरी / इटहरी सुनसरी लियो क्लबले अन्तर लियो फुटसल प्रतियोगिताको गर्ने भएको छ ।
यहीँ माघ १३ र १४ गते इटहरी – २ आपगाछिमा रहेको इन्टर लियो क्लब टुर्नामेन्टमा इटहरी सुनसरी लियो क्लबद्वारा अन्तर लियो फुटसल सिजन दुई प्रतियोगिता आयोजना गर्ने हुने भएको छ ।
आज बुधबार एक पत्रकार सम्मेलन गर्दै फुटसल दुई दिनसम्म चल्ने प्रतियोगिता लियो क्लबमा आबद्द व्यक्तिको क्षमता अभिवृद्दि गर्ने , खेलमा उजागरण गर्ने , खेल सीप वृद्धि गराउने उद्देश्यले सञ्चालन गर्न लागिएको आयोजक संस्थाका राजकुमार साहले बताएका छन् ।
लियो क्लब अफ इटहरीको आयोजनामा हुने लागेको प्रतियोगितामा १८ वटा टीमको सहभागिता हुने भएको छ । प्रतियोगितामा प्रथम पुरस्कार २५ हजार १ सय १ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने दोस्रो हुनेलाई १५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।
प्रतियोगिता सञ्चालन गर्न तीन लाख रुपैयाँ खर्च हुने आयोजक संस्थाका राजु ठटाल बताए ।



