इन्फो नेपाल — सञ्चारको सञ्जाल

सुनको भाउ तोलामा १२ हजार ६०० रुपैयाँले घट्यो

काठमाडाैँ । नेपाली बजारमा आज सुनचाँदीको भाउमा भारी गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १२ हजार ६०० रुपैयाँले घटेको हो।

​मूल्य घटेसँगै आज छापावाल सुन प्रतितोला २ लाख ७१ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। यसअघि गत सोमबार सुन प्रतितोला २ लाख ८४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

​मंगलबार, बुधबार र बिहीबार गरी लगातार तीन दिन बजार बन्द रहेकाले सुनचाँदीको कारोबार भएको थिएन। तीन दिनपछि खुलेको बजारमा सुनको मूल्य ह्वात्तै घटेको हो।

​त्यस्तै, आज चाँदीको भाउ पनि तोलामा १५५ रुपैयाँले घटेको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला ३ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि सोमबार चाँदी प्रतितोला ३ हजार ८५५ रुपैयाँमा किनबेच भएको थियो।

सम्बन्धित समाचार

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

गोरखाको चुमनुब्रीमा नुनको मूल्य किलोको २०० रुपैयाँ

काठमाडाैँ। सुगम बजारमा प्रतिकिलो ३० देखि ३५ रुपैयाँमा पाइने आयोनुन गोरखाको उत्तरी भेगका विकट बस्तीहरूमा भने प्रतिप्याकेट २०० रुपैयाँसम्ममा बिक्री भइरहेको छ। सडक सञ्जालको पहुँच नहुँ…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

तिहार लक्षित सुनको असर्फी र चाँदीको मेडालियन बिक्री सुरु, किन्नेहरूको भिड

काठमाडाैँ । नेपाल राष्ट्र बैंकले तिहार पर्वलाई लक्षित गर्दै आजदेखि सुनको असर्फी तथा चाँदीको मेडालियनको बिक्री वितरण सुरु गरेको छ। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागअन्तर्गत रहे…

इन्फो डेस्क