इन्फो नेपाल — सञ्चारको सञ्जाल

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

तीनजनाको मृत्यु भएको छ भने सातजना घाइते

सारांश

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

मकवानपुरमा भएकाे सुमो दुर्घटनामा मृत्यु र घाइते भएकाहरूको पहिचान खुलेको छ । भीमफेदी गाउँपालिका–१, भैँसेस्थित राप्ती खोलामा सुमो दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ भने सातजना घाइते छन् ।

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

दुर्घटनामा घाइते भएका १० जनालाई तत्काल उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल ल्याइएको थियो ।

घाइतेमध्ये रौतहटको चन्द्रनिगाहपुर नगरपालिका–३ का ५० वर्षीय बमबहादुर वाइबालाई चिकित्सकले मृत घोषणा गरेका छन् । त्यस्तै सोही स्थान बस्ने अन्दाजी २२ वर्षीया जेशिका भन्ने अस्मिता तिमल्सिना र २५ वर्षीया अनुषा लामाको मृत्यु भएको छ ।

दुर्घटनामा सुमो चालक रौतहटको चन्द्रनिगाहपुर नगरपालिका–४ का ३३ वर्षीय कालुमान लोप्चनसहित सातजना घाइते भएका छन् ।

चन्द्रनिगाहपुर नगरपालिका–३ का १६ वर्षीय निमा थिङ, ५८ वर्षीय कान्छा धोज, १५ वर्षीया सुमिना थिङ, १६ वर्षीया शिखा लामा, ५५ वर्षीया हरिमाया थिङ र चन्द्रनिगाहपुर नगरपालिका–४ का १९ वर्षीय वय हाङ रानामगर घाइते छन् ।

घाइतेमध्ये केहीको काँध, हात, करङ, ढाड तथा टाउकोमा चोट लागेको छ । उनीहरू सबैको अवस्था सामान्य रहेको प्रारम्भिक विवरणमा उल्लेख छ ।

सम्बन्धित समाचार

हेटौंडा–कुलेखानी सडक आज बन्द, कान्ति लोकपथ प्रयोग गर्न आग्रह

हेटाैडा । मकवानपुर प्रशासनले हेटौंडा–भैंसे–भीमफेदी–कुलेखानी सडक आज एक दिनको लागि बन्द गरेको छ । मकवानपुरको हेटौंडा–भैंसे–भीमफेदी–कुलेखानी हुँदै काठमाण्डौ आउजाउ गर्ने गाडी आज शुक्रब…

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क