धादिङ । धादिङको रुबीभ्याली गाउँपालिका–४ स्थित कलदाङमा बोलेरो जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन्। घाइतेमध्ये गम्भीर अवस्थाका ६ जनालाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं लगिएको छ।
मंसिर ४ गते सेर्तुङबाट बोराङतर्फ जाँदै गरेको उक्त बोलेरो जिप उकालो सडकमा अनियन्त्रित भई करिब ४०० मिटर तल खसेको थियो।
दुर्घटनालगत्तै नेपाल प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा घाइतेहरूको उद्धार गरिएको थियो। प्रहरीका अनुसार अन्य तीन घाइतेको अवस्थाबारे थप विवरण आउन बाँकी रहेको छ।