इन्फो नेपाल — सञ्चारको सञ्जाल

सरकार फेरिएको लामो समय बित्दासमेत बागमती प्रदेशसभाले पाएन सभामुख, बैठकसमेत अनिश्चित

मकवानपुर । बागमती प्रदेशमा नयाँ सरकार गठन भइसकेको लामो समय बितिसक्दासमेत प्रदेशसभाले अझै सभामुख पाउन सकेको छैन। मन्त्री पदको भागबण्डा मिलाउन सक्रिय दलहरूबीच सभामुख चयनको विषयमा सहमति जुट्न नसक्दा निर्वाचन प्रक्रिया नै अघि बढ्न सकेको छैन।

​प्रदेश सरकार र प्रदेशसभाको नेतृत्वलाई एउटै राजनीतिक भागबण्डाको विषय बनाइएका कारण सभामुख चयनको विषय पेचिलो बन्दै गएको छ। विशेषगरी नेकपा र नेकपा एमालेबीच सभामुख पद कसले लिने भन्ने विषयमा समझदारी बन्न सकेको छैन। त्यस्तै, नेकपाभित्र पनि सांसदहरू कृष्णप्रसाद खनाल र रत्न ढकालबीच सभामुख बन्ने आन्तरिक होड चलिरहेको छ। दलको संसदीय दलभित्र कसलाई अघि सार्ने भन्ने विषय स्पष्ट हुन नसक्दा प्रदेशसभा सचिवालयले बैठकसमेत आह्वान गर्न सकेको छैन।

​यसअघि भदौ २३ र २४ को जेनजी आन्दोलनपछि तत्कालीन सभामुख भुवन कुमार पाठकले असोज १ गते राजीनामा दिएपछि बागमती प्रदेशसभाको सभामुख पद रिक्त हुँदै आएको छ।

​सभामुख चयनको विषय टुङ्गो नलाग्दा प्रदेशसभाको बैठक बस्न सकिरहेको छैन, जसले गर्दा नियमित कामकारबाही, विधेयक निर्माणलगायतका संसदीय प्रक्रियाहरू प्रभावित भएका छन्। सरकार गठनमा दलहरूले सहजै सहमति जुटाए पनि संसद्को नेतृत्व चयनमा देखिएको यो अन्योलले प्रदेशको राजनीतिक समीकरणमा असहजता रहेको देखाएको छ। दलहरूबीच ठोस सहमति नभएसम्म प्रदेशसभाको बैठक सञ्चालन र संसदीय गतिविधिले गति लिने अवस्था देखिँदैन।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

राष्ट्रपति पौडेलद्वारा मकवानपुरको महादेवटारमा ३ हजार ३९९ मिटर लामो सुरुङ ‘ब्रेक थ्रु’

मकवानपुर । राष्ट्रिय गौरवको काठमाडौं–तराई–मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत मकवानपुरको महादेवटारमा निर्माणाधीन ३ हजार ३९९ मिटर लामो सुरुङको ‘ब्रेक थ्रु’ भएको छ। राष्ट्रपति र…

इन्फो डेस्क