जेनजी: सुदन गुरुङपक्षले प्रस्तुत गरेको आठ बुँदे मुख्य माग

बालुवाटारको शनिबारको बैठकले जेनजी आन्दोलनभित्रको गम्भीर विभाजन सार्वजनिक गरेको छ। एकातिर सुधन गुरुङ पक्ष संवैधानिक संस्थाहरूमा प्रत्यक्ष हस्तक्षेप र आमूल परिवर्तनको पक्षमा छ भने अर्कातिर रक्षा बम समूह गणतन्त्र र संवैधानिकताको रक्षा गर्दै सीमित तीन मागमा केन्द्रित छ।