इन्फो नेपाल — सञ्चारको सञ्जाल

ईभी दुर्घटनामा १० जनाको मृत्यु, ज्यान गुमाउनेमा दुई बालिका पनि

हेटौँडा । काठमाडौँबाट सर्लाहीका लागि छुटेको यात्रुबाहक विद्युतीय गाडी मकवानपुरको भीमफेदीमा दुर्घटनाग्रस्त हुँदा १० जनाले ज्यान गुमाएका छन्। बिहीबार बिहान भएको दुर्घटनामा दुई बालिकासहित १० जनाको मृत्यु भएको हो भने पाँच जना घाइते भएका छन्।

भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा बिहान ५ः४५ बजेतिर मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको ईभी सडकबाट करिब ५०० मिटर तल खसेको थियो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार मृतकमध्ये पाँच पुरुष, तीन महिला र दुई बालिका छन्। उनीहरूको सनाखत हुन बाँकी छ।

दुर्घटनामा घाइते भएका पाँच जनाको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये दुई बालक र तीन पुरुष छन्। उनीहरूमध्ये तीन जनाको परिचय खुलेको छ।

सर्लाहीको चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुरटोलका ३३ वर्षीय मुकेश यादवको टाउको र ढाडमा चोट लागेको छ। सोही स्थानका पाँच वर्षीय सक्षमकुमार यादवको शरीरमा भित्री चोट लागेको छ भने तीन वर्षीय सुदन यादवको टाउको र मुखमा चोट लागेको छ।

प्रहरीका अनुसार मुकेश र सक्षमको स्वास्थ्य अवस्था सामान्य छ। सुदनको अवस्था भने मध्यम छ। अन्य दुई घाइतेको विस्तृत विवरण आउन बाँकी छ।

दुर्घटनाको खबर बिहान ५ः५५ बजे प्रहरीलाई प्राप्त भएको थियो। त्यसलगत्तै इलाका प्रहरी कार्यालय भीमफेदीबाट उद्धार टोली परिचालन गरिएको थियो। पछि जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीको नेतृत्वमा थप प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली घटनास्थल पुगेको थियो।

गाडीमा चालकसहित १४ देखि १५ जना सवार रहेको प्रारम्भिक विवरण छ। दुर्घटनाको वास्तविक कारणबारे अनुसन्धानबाट थप खुल्ने प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क