इन्फो नेपाल — सञ्चारको सञ्जाल

भीमफेदी दुर्घटना : १३ जनाको शव सर्लाही पुर्‍याइयो, सामूहिक अन्त्येष्टि सुरु

हेटौँडा । मकवानपुरको भीमफेदीमा भएको विद्युतीय माइक्रोबस दुर्घटनामा मृत्यु भएका सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरका १३ जनाको सामूहिक अन्त्येष्टि सुरु भएको छ। शुक्रबार हेटौँडा अस्पतालबाट आफन्तले शव बुझेर गृहजिल्ला लगेपछि अन्त्येष्टि प्रक्रिया अघि बढेको हो।

छठ पर्व मनाउन घर फर्किंदै गर्दा बिहीबार बिहान भएको दुर्घटनामा एकै गाउँका १३ जनाले ज्यान गुमाएका थिए। दुर्घटनामा चालकसहित १४ जनाको मृत्यु भएको थियो भने छ जना घाइते भएका थिए।

मृतकका आफन्तले उचित क्षतिपूर्ति, घाइतेको उपचार र आश्रित परिवारका सदस्यलाई रोजगारीको व्यवस्था गर्नुपर्ने माग राख्दै शव बुझ्न अस्वीकार गरेका थिए। शुक्रबार जिल्ला प्रशासन कार्यालय मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी एवं दुर्घटना छानबिन समितिका संयोजक शेषकान्त पौडेलसँग भएको छलफलपछि शव बुझ्ने सहमति जुटेको हो।

सहमतिअनुसार पीडित परिवारलाई प्रचलित कानुनबमोजिम प्राप्त हुने राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन पहल गरिनेछ। थप राहत तथा क्षतिपूर्तिका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अनुरोध गर्ने सहमति भएको छ।

शुक्रबार पोस्टमार्टमपछि १३ जनाको शव आफन्तलाई हस्तान्तरण गरिएको थियो। मृतकका आफन्तलाई शवसहित सर्लाही पुर्‍याउन हेटौँडा उपमहानगरपालिकाले तीनवटा शव वाहनको व्यवस्था गरेको थियो। नगर प्रमुख मीनाकुमारी लामाको पहलमा शव वाहन जुटाउनुका साथै उनले आफूले प्रयोग गर्दै आएको सरकारी सवारीसमेत पीडित परिवारलाई उपलब्ध गराएकी थिइन्।

यसैबीच, चक्रघट्टा गाउँपालिकाले दुर्घटनामा आफ्ना १३ जना नागरिकको मृत्यु भएपछि शुक्रबार शोक बिदा दिएको थियो। गाउँपालिकाले मृतकको अन्तिम संस्कार तथा काजकिरिया खर्चका लागि जनही ५० हजार रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय गरेको अध्यक्ष कृष्णकुमार यादवले जानकारी दिएका छन्।

दुर्घटनामा मृत्यु हुनेमध्ये छ जना अवधेश यादवकै परिवारका सदस्य हुन्। उनले गर्भवती श्रीमती, तीन छोरी र दुई भाइ गुमाएका छन्। उनका १४ महिने छोरा भने दुर्घटनामा घाइते भएका छन्।

बिहीबार बिहान करिब ५ः४५ बजे काठमाडौँबाट सर्लाहीतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको यात्रुवाहक ईभी भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा सडकबाट करिब पाँच सय मिटर तल खसेको थियो।

दुर्घटनाको कारण पत्ता लगाउन सहायक प्रमुख जिल्ला अधिकारी पौडेलको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ। समितिलाई सात दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क