इन्फो नेपाल — सञ्चारको सञ्जाल

विश्व भोकमरी सूचकांक २०२६: नेपालको अवस्थामा थोरै सुधार

काठमाडाैँ । विश्व भोकमरी सूचकांक (जीएचआई) २०२६ को नयाँ प्रतिवेदन अनुसार नेपालमा भोकमरीको अवस्थामा थोरै सुधार आएको छ। शनिबार सार्वजनिक प्रतिवेदन अनुसार १२२ देशको सूचीमा नेपाल ७२ औँ स्थानमा परेको छ।

​नेपालले यस वर्ष १०० पूर्णांकमा १४.५ अंक प्राप्त गरेको छ। गत वर्ष सन् २०२५ मा नेपालको अंक १४.८ थियो। भोकमरी सूचकांकमा अंक घट्नुलाई सुधारको संकेत मानिन्छ। १४.५ अंकले नेपालमा भोकमरीको स्थिति अझै पनि 'मध्यम' श्रेणीमा रहेको देखाउँछ। सन् २००० मा ३७.१ अंकसहित नेपाल 'गम्भीर भोकमरी' को अवस्थामा थियो।

​दक्षिण एसियाली देशहरूमध्ये नेपालको स्थिति तुलनात्मक रूपमा राम्रो देखिएको छ। दक्षिण एसियामा १०.२ अंकसहित श्रीलंका ५३ औँ स्थानमा रहँदा बंगलादेश १९.२ अंकका साथ ८४ औँ, भारत २४.१ अंकका साथ १०० औँ र पाकिस्तान २५.५ अंकका साथ १०६ औँ स्थानमा रहेका छन्। दक्षिण एसियाको औसत भोकमरी सूचकांक २३.५ रहेको छ, जुन विश्वव्यापी औसत (१८.१) भन्दा बढी हो।

​विशेष गरी बालबालिकामा देखिने पुड्कोपन घटाउन नेपालले उल्लेखनीय प्रगति गरेको प्रतिवेदनले देखाएको छ। सन् २००० मा ५५.९ प्रतिशत बालबालिकामा पुड्कोपनको समस्या रहेकामा सन् २०२६ मा आइपुग्दा यो घटेर २६.२ प्रतिशतमा झरेको छ।

​तथापि, कुपोषण अझै पनि नेपालका लागि ठूलो जनस्वास्थ्य चुनौतीका रूपमा रहेको प्रतिवेदनमा औँल्याइएको छ। जलवायु परिवर्तनको असर, जैविक विविधताको ह्रास र आप्रवासनका कारण सीमान्तकृत समुदायको पोषण र खाद्य सुरक्षामा पहुँच अझै पूर्ण रूपमा पुग्न नसकेको जनाइएको छ।

सम्बन्धित समाचार

अर्को वर्षदेखि पर्वतीय जलवायु कार्यक्रम सञ्चालन गर्न नेपालको प्रस्ताव

मकवानपुर । नेपालले सन् २०२७ देखि पर्वतीय क्षेत्र र जलवायु परिवर्तनसम्बन्धी छुट्टै कार्यक्रम सञ्चालन गर्न कोप–३१ को निर्णय मस्यौदामा तीनबुँदे प्रस्ताव पेस गर्ने भएको छ। जलवायु परिवर…

इन्फो डेस्क

आज विराटनगरको हावा अत्यधिक दूषित,देशका धेरैजसो शहरमा प्रदूषण बढ्यो

काठमाण्डौँ । काठमाडौँ उपत्यकासहित देशका विभिन्न सहरमा वायु प्रदूषणको मात्रा ह्वात्तै बढेको छ। आज बिहान देशका अन्य सहरहरूको तुलनामा विराटनगरको वायु सबैभन्दा बढी अस्वस्थ मापन गरिएको…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

वायु प्रदूषणले तराईको आकाश धुम्मियो, बुटवल र झापामा उच्च प्रदूषण

काठमाडाैँ । तराई क्षेत्रमा वायु प्रदूषणको मात्रा अत्यधिक बढेको छ। पश्चिमको कैलालीदेखि पूर्वको झापासम्मको आकाश धुम्मिएको छ भने बुटवल र झापाको वायु गुणस्तर 'निकै अस्वस्थकर' श्रेणीमा…

इन्फो डेस्क