इन्फो नेपाल — सञ्चारको सञ्जाल

अविरल वर्षाले पृथ्वी र बीपी राजमार्गसहित देशका १२ भन्दा बढी सडक खण्ड अवरुद्ध

मकवानपुर । अविरल वर्षाका कारण आएको बाढीपहिरोले पृथ्वी र बीपी राजमार्गसहित देशका १२ भन्दा बढी प्रमुख सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन्। निरन्तरको वर्षाले यातायात सेवा ठप्प हुँदा जनजीवन प्रभावित बनेको छ।

​प्रहरी प्रधान कार्यालयका अनुसार धादिङको गजुरी गाउँपालिका–२ परेवाभिरस्थित पृथ्वी राजमार्गमा पहिरो खस्दा यातायात दुईतर्फी नै ठप्प भएको छ। यस्तै, काभ्रेको रोशी गाउँपालिकामा खहरे खोलाबाट आएको लेदोसहितको पहिरोका कारण बीपी राजमार्ग बन्द भएको छ।

​यसैगरी, ललितपुरको कान्ति लोकपथ, सुर्खेतको कर्णाली राजमार्ग, मध्यपहाडी राजमार्गको खोटाङ खण्ड र बागमती खोला करिडोरका विभिन्न स्थानमा पनि यातायात अवरुद्ध भएको छ। कालीगण्डकी करिडोरको गुल्मी-पाल्पा खण्ड, मुगुको नाग्म–गमगढी सडक र बुढीगण्डकी नदीको कटानले खोरलाबेंसी क्षेत्रको सडक पनि बगाएको छ।

​नदिनालामा बाढीको जोखिम बढेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार रोशी, बागमती र कोदकु नदीमा जलसतहले सतर्कता पार गरेको छ। लगातारको वर्षाले कुलेखानी जलाशय भरिएर पानीको सतह बढेकाले तटीय क्षेत्रका बासिन्दालाई विशेष सावधानी अपनाउन प्रशासनले अनुरोध गरेको छ।

​अवरुद्ध बनेका सडकहरू खुलाउन सम्बन्धित निकायबाट प्रयास भइरहेको सडक विभागले जनाएको छ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

राष्ट्रपति पौडेलद्वारा मकवानपुरको महादेवटारमा ३ हजार ३९९ मिटर लामो सुरुङ ‘ब्रेक थ्रु’

मकवानपुर । राष्ट्रिय गौरवको काठमाडौं–तराई–मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत मकवानपुरको महादेवटारमा निर्माणाधीन ३ हजार ३९९ मिटर लामो सुरुङको ‘ब्रेक थ्रु’ भएको छ। राष्ट्रपति र…

इन्फो डेस्क