इन्फो नेपाल — सञ्चारको सञ्जाल

नेपालका ९९ लाख बालबालिका वायु प्रदूषणको जोखिममा

काठमाडाैँ। नेपालका करिब ९९ लाख बालबालिका अस्वस्थकर वायु प्रदूषणको उच्च जोखिममा रहेको तथ्याङ्क सार्वजनिक भएको छ। संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ) ले सार्वजनिक गरेको ‘ग्रोइङ अप इन अ क्लाइमेट हटस्पट’ शीर्षकको प्रतिवेदन अनुसार जलवायु परिवर्तन र वातावरणीय प्रदूषणका कारण नेपालका लाखौँ बालबालिकाको स्वास्थ्य, शिक्षा र भविष्य संकटमा परेको छ।

​प्रतिवेदन अनुसार नेपालमा ९९ लाख बालबालिका वायु प्रदूषणको जोखिममा रहनुका साथै ७३ लाख बालबालिका खडेरी, ५७ लाख बालबालिका अत्यधिक गर्मी र २९ लाख बालबालिका वर्षाजन्य पहिरोको प्रत्यक्ष जोखिममा छन्। त्यस्तै, करिब २४ लाख बालबालिकाले एकैपटक विभिन्न उच्च तीव्रताका जलवायुजन्य प्रकोपको सामना गरिरहेको युनिसेफले जनाएको छ।

​जलवायुजन्य संकटले बालबालिकामा कुपोषण, बालविवाह, बालश्रम र सरुवा रोगको प्रकोप बढाएको छ। हाल नेपालका २२ प्रतिशत बालबालिका बहुआयामिक गरिबीमा छन भने ५ वर्षमुनिका प्रत्येक चारमध्ये एक बालबालिका पुड्कोपनबाट प्रभावित छन्। यस्तो जोखिम गरिब, सीमान्तकृत र दुर्गम क्षेत्रका बालबालिका तथा बालिकाहरूमा अझ बढी देखिएको छ।

​युनिसेफ नेपालकी प्रतिनिधि एलिस अकुंगाले जलवायु संकट क्रमशः बालअधिकारको संकटमा परिणत भइरहेको बताएकी छन्। समस्या सिर्जनामा बालबालिकाको योगदान नभए पनि त्यसको ठूलो भार उनीहरूले नै बोक्नुपरेको भन्दै उनले सरकारलाई बजेट, नीति र अनुकूलन योजनामा बालबालिकालाई केन्द्रमा राख्न आग्रह गरेकी छन्।

सम्बन्धित समाचार

अर्को वर्षदेखि पर्वतीय जलवायु कार्यक्रम सञ्चालन गर्न नेपालको प्रस्ताव

मकवानपुर । नेपालले सन् २०२७ देखि पर्वतीय क्षेत्र र जलवायु परिवर्तनसम्बन्धी छुट्टै कार्यक्रम सञ्चालन गर्न कोप–३१ को निर्णय मस्यौदामा तीनबुँदे प्रस्ताव पेस गर्ने भएको छ। जलवायु परिवर…

इन्फो डेस्क

आज विराटनगरको हावा अत्यधिक दूषित,देशका धेरैजसो शहरमा प्रदूषण बढ्यो

काठमाण्डौँ । काठमाडौँ उपत्यकासहित देशका विभिन्न सहरमा वायु प्रदूषणको मात्रा ह्वात्तै बढेको छ। आज बिहान देशका अन्य सहरहरूको तुलनामा विराटनगरको वायु सबैभन्दा बढी अस्वस्थ मापन गरिएको…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

वायु प्रदूषणले तराईको आकाश धुम्मियो, बुटवल र झापामा उच्च प्रदूषण

काठमाडाैँ । तराई क्षेत्रमा वायु प्रदूषणको मात्रा अत्यधिक बढेको छ। पश्चिमको कैलालीदेखि पूर्वको झापासम्मको आकाश धुम्मिएको छ भने बुटवल र झापाको वायु गुणस्तर 'निकै अस्वस्थकर' श्रेणीमा…

इन्फो डेस्क