इन्फो नेपाल — सञ्चारको सञ्जाल

भीमफेदी दुर्घटना : सर्लाहीको चक्रघट्टामा आज शोकबिदा, मृतकका परिवारलाई पालिकाले ५० हजार रुपैयाँ दिने

मकवानपुर।मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा भएको माइक्रोबस दुर्घटनामा स्थानीय नागरिकको मृत्यु भएपछि सर्लाहीको चक्रघट्टा गाउँपालिकाले आज (शुक्रबार) शोक बिदा दिएको छ।

​गाउँपालिका अध्यक्ष कृष्णकुमार यादवद्वारा जारी सूचनाअनुसार दुर्घटनामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै पालिकाभरि एक दिन शोक बिदा दिइएको हो। बिदाका कारण गाउँ कार्यपालिकाको कार्यालय, वडा कार्यालयहरू, सामुदायिक तथा संस्थागत विद्यालय र सम्पूर्ण सरकारी तथा गैरसरकारी कार्यालय बन्द रहेका छन्। यद्यपि, स्वास्थ्य संस्थाका आकस्मिक सेवा भने नियमित सञ्चालनमा रहने गाउँपालिकाले जनाएको छ।

​गाउँपालिकाले दुर्घटनामा ज्यान गुमाएका प्रत्येक मृतकका परिवारलाई जनही ५० हजार रुपैयाँका दरले आर्थिक सहयोग उपलब्ध गराउने निर्णयसमेत गरेको छ।

​भीमफेदीमा भएको उक्त माइक्रोबस दुर्घटनामा चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरका मात्र एक गर्भवती महिलासहित १३ जनाको मृत्यु भएको थियो। छठ पर्व मनाउन घर फर्किंदै गरेका आफन्तको एकैपटक निधन भएपछि अहिले सुन्दरपुर गाउँ शोकमग्न बनेको छ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

राष्ट्रपति पौडेलद्वारा मकवानपुरको महादेवटारमा ३ हजार ३९९ मिटर लामो सुरुङ ‘ब्रेक थ्रु’

मकवानपुर । राष्ट्रिय गौरवको काठमाडौं–तराई–मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत मकवानपुरको महादेवटारमा निर्माणाधीन ३ हजार ३९९ मिटर लामो सुरुङको ‘ब्रेक थ्रु’ भएको छ। राष्ट्रपति र…

इन्फो डेस्क