इन्फो नेपाल — सञ्चारको सञ्जाल

मकवानपुरको थाहा नगरमा दुई मोटरसाइकल ठोक्किँदा चार जना घाइते

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१० बिसुङ्खेलस्थित भित्री सडकखण्डमा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा चार जना घाइते भएका छन्। चित्लाङबाट बिसुङ्खेलतर्फ जाँदै गरेको बा.प्र.०२–०६४ प ३६५२ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा.प्र.०२–०६५ प २६०३ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो।

​प्रहरीका अनुसार दुर्घटनामा बा.प्र.०२–०६४ प ३६५२ नम्बरको मोटरसाइकलका चालक थाहा नगरपालिका–९ नारायणहिटीका करिब ४५ वर्षीय सुरेन्द्र मोहन बलामी घाइते भएका छन्। उनको दाहिने खुट्टा, हात र बायाँ आँखामा चोट लागेको छ।

​त्यस्तै, अर्को मोटरसाइकलका चालक थाहा नगरपालिका–७ निवासी १५ वर्षीय समिर गोले, उनकी १३ वर्षीया बहिनी शलिना गोले र पछाडि सवार काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–१२ निवासी १७ वर्षीया सोनिका स्याङ्तान घाइते भएका छन्। उनीहरूको शरीरका विभिन्न भागमा चोट लागेको छ।

​घाइते चारै जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। स्थानीय मेडिकलमा सामान्य उपचारपछि उनीहरूलाई थप उपचारका लागि काठमाडौँ पठाइएको थियो। हाल घाइतेहरूको काठमाडौँस्थित नेशनल अस्पताल र त्रिवि शिक्षण अस्पताल (टिचिङ) मा उपचार भइरहेको छ।

​दुर्घटनामा संलग्न दुवै मोटरसाइकल इलाका प्रहरी कार्यालय चित्लाङको नियन्त्रणमा रहेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

राष्ट्रपति पौडेलद्वारा मकवानपुरको महादेवटारमा ३ हजार ३९९ मिटर लामो सुरुङ ‘ब्रेक थ्रु’

मकवानपुर । राष्ट्रिय गौरवको काठमाडौं–तराई–मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत मकवानपुरको महादेवटारमा निर्माणाधीन ३ हजार ३९९ मिटर लामो सुरुङको ‘ब्रेक थ्रु’ भएको छ। राष्ट्रपति र…

इन्फो डेस्क