देशकोशी प्रदेशमहत्त्वपूर्ण सात वटा निर्णय , थप ३ दिन सार्वजनिक बिदा !

महत्त्वपूर्ण सात वटा निर्णय , थप ३ दिन सार्वजनिक बिदा !

सुनसरी / प्रदेश नम्बर १ मन्त्रीपरिषद्को बैठक (हिजो ) बुधबार मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको थियो । सो बैठकमा यातायात व्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्रप्रसाद घिमिरेले बसेको मन्त्रीपरिषद् बैठकमा विभिन्न सात वटा विषयमा महत्वपूर्ण निर्णयहरू भएको छ ।

उनका अनुसार, बैठकले आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रस्तुत गरेको वि.सं.२०७९ सालमा प्रदेश सरकारले दिने सार्वजनिक बिदासम्बन्धी प्रस्ताव स्वीकृत गरेको छ ।

मन्त्रीपरिपद्को बैठकले भाद्र ४ गते मनाइने राधाकृष्ण रथयात्रा, कात्तिक १४ गते हुने छठ पर्वको समापनका दिन र कात्तिक २५ गते मनाइने फाल्गुनन्द दिवसका दिन प्रदेश नं. १ मा सार्वजनिक बिदा दिइने निर्णय स्वीकृत गरेको हो ।

प्रदेश सरकारलाई थप ६ वटा बिदा दिन पाउने अधिकार भएबमोजिम उक्त बिदा दिइने निर्णय गरिएको मन्त्री घिमिरेले बताए । मन्त्रीपरिषद् बैठकले कृषि मन्त्रालयले प्रस्तुत गरेको ‘प्रदेश कृषि व्यवसाय प्रवद्र्धन अनुदान पहिलो संशोधन नियमावली, २०७८ स्वीकृत गरेको छ ।

त्यस्तै,आर्थिक मामिला तथा योजना मन्त्रालयले प्रस्तुत गरेको अन्तर्राष्ट्रिय विकास सहायता परिचालन तथा समन्वय सम्बन्धी कार्यविधि, २०७८ स्वीकृत गरी राजपत्रमा प्रकाशन गर्ने र वित्तीय समानीकरण अनुदान तथा राजश्व बाँडफाँटको बजेट सीमा निर्धारण गर्ने सम्बन्धको प्रस्ताव पनि बैठकले अनुमोदन गरेको छ ।

यसैगरी,सोही मन्त्रालयले प्रस्तुत गरेको आर्थिक सहयोग उपलब्ध गराउने सम्बन्धि प्रस्ताव पनि मन्त्रीपरिषद् बैठकले स्वीकृत गरेको छ । यस्तो सहयोग असाध्य रोग लागेका बिरामीलाई उपचार खर्चवापत हुने उनले जानकारी दिए ।

त्यसैगरी, पर्यटन तथा संस्कृति मन्त्रालयले प्रस्तुत गरेको पदमार्गमा आधारित पर्यटन विकास परियोजना प्रतिवेदन पनि बैठकले स्वीकृत गरेको छ । सोही मन्त्रालयले प्रस्तुत गरेको प्रदेश प्रज्ञा प्रतिष्ठान विधेयक, २०७८ प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय भएको यातायात व्यवस्था तथा सञ्चारमन्त्री घिमिरेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img