Wednesday, April 30, 2025
समाजलेटाङ घटनाका दोषीलाई कारबाही गर्न मानवअधिकार आयोगको अनुरोध
spot_img

लेटाङ घटनाका दोषीलाई कारबाही गर्न मानवअधिकार आयोगको अनुरोध

सुनसरी / मोरङको लेटाङ भएको घटनालाई राष्ट्रिय मानवअधिकार आयोगले मोरङको लेटाङ घटनाका दोषीलाई कानुन दायरामा ल्याउन आग्रह गरेको छ ।

आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले जारी गरेका विज्ञप्तिमा प्रभावकारी अनुसन्धानमार्फत पहिचान गरी कानुनी दायरामा ल्याउन तथा घाइतेको निःशुल्क स्वास्थ्योपचार गर्न भनिएको छ।

मोरङको लेटाङ नगरपालिका-५ मा रहेको शिक्षा विकास माविमा अध्ययनरत एक बालिकालाई सो विद्यालयका शिक्षकले दुर्व्यवहार गरेको भनिएको घटनाको विषयमा आक्रोशित स्थानीयले आरोपितलाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि चैत ४ गते आक्रमण गर्दा प्रहरी जवान उर्मिला श्रेष्ठको ज्यान गएको थियो।

‘बालिकामाथि भएको भनिएको दुर्व्यवहारको घटनाको निष्पक्ष र प्रभावकारी अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन र मृतकका परिवारलाई उचित राहत र क्षतिपूर्ति उपलब्ध गराउन आयोग नेपाल सरकारलाई आग्रह गरेको छ।

` विज्ञप्तिमा भनिएको छ, ‘भविष्यमा यस प्रकारका घटना हुन नदिन सचेत र संवेदनशील हुन आयोग सम्बद्ध सबै पक्षलाई अनुरोध गर्दछ।’ आयोगको प्रदेश १ कार्यालय विराटनगरको टोलीले घटनाको स्थलगत अनुगमनसमेत गरेको बताइएको छ ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img