Wednesday, March 26, 2025
समाजचर्चित गायक प्रकाश दूतराजले गरे अष्ट्रेलियामा आत्मह'त्या प्रयास

चर्चित गायक प्रकाश दूतराजले गरे अष्ट्रेलियामा आत्मह’त्या प्रयास

काठमाडौं । युवापुस्ताका चर्चित गायक प्रकाश दूतराजले अष्ट्रेलियामा आत्मह’त्या प्रयास गरेका छन् ।

सांगीतिक कार्यक्रमका लागि अष्ट्रेलिया गएका उनले स्थानीय समयअनुसार हिजो राति २ बजे झु’ण्डिने प्रयास गरेको स्रोतले बतायो ।

गायिका भूमिका गिरीसहित दूतराज कन्सर्टका लागि गत २० अक्टोबरमा अष्ट्रेलिया गएका थिए । त्यहाँ उनीहरू दुवैलाई आयोजकले एउटा फ्ल्याट लिएर राखेको थियो । सोही फ्ल्याटको आफू सुत्ने कोठामा दूतराजले झु’ण्डिने प्रयास गरेका हुन् । उनको कोठाको ढोका खुल्लै थियो । झु’ण्डिने प्रयासका क्रममा भूमिकाले थाहा पाएपछि उनको कोठामा प्रवेश गरी उद्धार गरेको आयोजक निकट स्रोतले बतायो ।

दूतराजको अवस्था अहिले सामान्य छ । उनले आत्मह’त्या प्रयास गर्नुको कारण खुलाएका छैनन् । दूतराज र भूमिका अहिले केही दिनपछि अष्ट्रेलियाबाट फर्किने कार्यक्रम छ ।

उनले गाएका ‘घर कता हो बैनीको…’ ‘जाम भो माइली…’ ‘चोली मैलै भो…’, ‘रेलिमाई…’ लगायत गीतहरू चर्चित छन् ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img