काठमाडौं । धेरै दुर्घटना हुने एयरलाइन्स मध्येको एक यति एयरलाइनसको विमान पुनः दुर्घटनामा परेको छ । आइतबार काठमाडौंदेखि पोखराका लागि उडेको यति एयरलाइन्सको एटिआर ७२ विमान दुर्घटनामा परेको छ ।
आकाशबाटै अनियन्त्रित बनेको सो विमान पोखराको पुरानो विमानस्थल पछाडीको घना बस्तीको बीचमा रहेको सेती नदी खोँचमा खसेको थियो । दुर्घटनामा परेको यति एयरलाइन्सको सो जहाज १५ वर्षअघि उत्पादन भएको पाइएको छ । दुर्घटनामा परेको जहाज एटिआर कम्पनीले उत्पादन गरेको सिरियल नम्बर ७५४ जहाज हो । सन् २००७ मा पहिलो उडान गरेको सो जहाज यतिले सन् २०१९ मार्च २६ मा किनेको थियो । थाइल्याण्डको नोक एयरले यो एटीआर किङफिसरलाई बेचेको थियो । भारतको किङफिसर एयरलाइन्सले प्रयोग गरेको यो जहाज सन् २०१३ बाट नुक एयरले प्रयोग गरेको थियो ।
चालक दलका चार जना सदस्यसहित ६८ जना यात्रु बोकेर उडेको जहाज एकाएक दुर्घटनामा परेपछि अहिले सम्पूर्ण देश नै शोकमा छ । यसो त यति एयरलाइन्स विश्वको असुरक्षित एयरलाइन्स मध्यमा पर्दछ ।