इन्फो नेपाल — सञ्चारको सञ्जाल

राष्ट्रपति पौडेलद्वारा मकवानपुरको महादेवटारमा ३ हजार ३९९ मिटर लामो सुरुङ ‘ब्रेक थ्रु’

मकवानपुर । राष्ट्रिय गौरवको काठमाडौं–तराई–मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत मकवानपुरको महादेवटारमा निर्माणाधीन ३ हजार ३९९ मिटर लामो सुरुङको ‘ब्रेक थ्रु’ भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार आयोजित एक समारोहका बीच उक्त सुरुङको ब्रेक थ्रु गरेका हुन्।

​समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले करिब ७१ किलोमिटर लामो यस आधुनिक द्रुतमार्गले मुलुकको यातायात प्रणालीमा गुणात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरे। द्रुतमार्ग सञ्चालनमा आएपछि यात्रा समय र दूरी उल्लेखनीय रूपमा घट्नुका साथै इन्धन खपत तथा सवारीसाधन मर्मतसम्भार खर्चमा समेत बचत हुने उनले बताए।

​जटिल भूबनोट र प्रतिकूल परिस्थितिका बाबजुद नेपाली सेनाले पूर्वाधार निर्माणमा देखाएको व्यावसायिक दक्षता र कार्यकुशलता प्रशंसनीय रहेको राष्ट्रपति पौडेलले उल्लेख गरे। सरकारले र नेपाली सेनाले यो आयोजना समयमै सम्पन्न गर्न दृढता देखाएको भन्दै उनले निर्माणमा प्रभावकारी समन्वय गर्न सम्बन्धित पक्षलाई आग्रह गरे।

​द्रुतमार्गले राजधानी काठमाडौं र तराई–मधेशबीचको भौगोलिक दूरी घटाउनुका साथै पर्यटन प्रवर्द्धन, व्यापार सहजीकरण र राष्ट्रिय एकता सुदृढ बनाउनसमेत योगदान पुर्‍याउने राष्ट्रपति पौडेलको भनाइ छ।

​सुरुङ ब्रेक थ्रु समारोहमा बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा, भौतिक पूर्वाधार विकासमन्त्री सुनील लम्साल, प्रधानसेनापति अशोकराज सिग्देल, नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङ, कोरियाली राजदूत पार्क जे क्युङलगायत सरकारी तथा सैनिक अधिकारीहरूको उपस्थिति थियो।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क