इन्फो नेपाल — सञ्चारको सञ्जाल

करिश्मा ‘कामरेड’ एमाले प्रवेश गर्नुका ३ कारण

काठमाडौं । डा. बाबुराम भट्टराईले नेतृत्व गरेको तत्कालीन नयाँ शक्ति नेपालबाट राजनीति सुरुवात गरेकी अभिनेत्री करिश्मा मानन्धर मंगलबारदेखि विधिवत् रुपमा नेकपा एमालेमा भित्रिएकी छन । अभिनेत्री करिश्मालाई काठमाडौंको बबरमहलस्थित कार्की ब्याक्वेटमा आयोजित पार्टी प्रवेश कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा भित्र्याएका हुन् । अभिनेत्री मानन्धरसँगै पूर्वमन्त्री प्रेमबहादुर सिंहलगायतको जम्बो टोली एमालेमा प्रवेश गरेको छ । पार्टी प्रवेश कार्यक्रममा सबैको ध्यान अभिनेत्री करिश्मातिर नै थियो । पार्टी प्रवेशसँगै करिश्माले मन्तव्य राख्दा माहोल नै बेग्लै देखिन्थ्यो । मन्तव्यका क्रममा एउटा नोटका साथ देखिएकी करिश्माले आफू एमालेमा छिर्नुका ३ कारण सुनाइन् । अभिनेत्री करिश्माको मन्तव्य जस्ताको तस्तै : कतिपयलाई लागेको होला उनी किन यहाँ ? मेरो नाम नै परिचय हो । कलाकारितमा झण्डै तीन दशक काम गरे । मेहनत, संघर्ष जे जति गरे मुलुककै लागि गरेको थिए । राम्रो पहिचान पनि पाए । अहिले पछाडि फर्केर हेर्दा गरेका दुःख, त्याग, परिश्रममात्रै सबै कुरा हो त ? त्योभन्दा अघि जाने कुनै पाइला छैनन् त ? अथवा गर्न सक्ने कुरा नै छैन त ? पछिल्लो समय यहीँ प्रश्न चिन्ह खडा भइरह्यो मेरो मनमा । तर, सदैव मलाई सबैबाट एउटै हौसला प्रदान भयो– तिमी रोकिनु हुन्न केही गर्नुपर्छ, समाजका लागि, महिलाका लागि । पछिल्लो समय मेरा क्रियाकलापहरु हेर्दा अचम्म पनि लाग्छ होला ८ कक्षाको झोला बोकेर म ब्याच्लर जोइन गरेकी छु । अन्ततः अब के गर्ने ? आजदेखि एमालेमा रहेर राजनीति अगाडि बढ्ने अठोट गरेकी छु । त्यसैले म यहाँ छु । मुलुकको समृद्धिका लागि काम गर्ने अठोट लिएर यो मञ्चमा खडा भएकी छु । हजुरहरुको मनमा धेरै प्रश्न आउन सक्छन्– नेकपा एमाले नै किन ? अघि बढ्न अन्य राजनीतिक दलहरु पनि छन् । तर, किन एमाले नै ? किन भनेर आफैलाई सोध्दा २, ३ वटा उत्तर पाए । पहिलोचाहीँ केपी शर्मा ओली । अध्यक्ष ओलीलाई फुर्काउन भनेको होइन । नेता भनको जनताको पथप्रदर्शक हो । जनताको अगुवा र भविष्य सुनिश्चित गर्न हो, त्यो केपी ओलीज्यूमा पाउछु । सबैभन्दा बढी इनर्जी देखेर ताजुब भएकी छु । पछिल्लो ६ महिनाको अन्तरालमा उहाँलाई मैले २ पटक भेटे । म उहाँको कुरा सुनेर म कहिल्यै थाक्दिन । अर्काे पार्टीको मान्छेले पनि उहाँको गुणगान गाउँछन् । दोस्रो, पार्टीलाई हामीले हेर्दै आएको अवस्था हो । सबैले लोकतन्त्र र गणतन्त्रको अभ्यास गर्दै आइरहेको अवस्था हो । तर, एमालेले देशको समृद्धि र परिवर्तन ‘ट्रु’ रियल एजेन्डा बोकेको महशुस हुन्छ । एमालेले समानता र सामाजिक न्यायसहितको समृद्धि हासिल गर्दै समाजवादमा जाने अठोट लिएको छ । महिला, तल्लो वर्गलाई सजिलै माथि पुर्याउने एमालेलाई अहिले पनि देख्नुहुन्छ । तेस्रो, एमालेप्रति सबैले सद्भाव राख्छन् । शिक्षा, व्यवसायका मान्छेलाई सोध्दा उहाँहरुले एमाले भन्नुहुन्छ । बुढा, युवादेखि सबैको पार्टी एमाले नै हो । अन्तमा पार्टीमा वर्षाैदेखि आफ्नो जीवन सुम्पिनुभएका अग्रहजहरु यो पार्टीमा हुनुहुन्छ । उहाँहरुलाई लाग्ला कि यो मान्छे किन यहाँ आएको ? नयाँ मान्छे नजोडि त पार्टी अघि बढ्दैन यो एउटा प्रक्रिया पनि हो । पार्टीमा आउनासाथ मलाई यो चाहियो, त्यो चाहियो भन्ने खालको साथीहरुलाई लागेको हो भने देशैभर आबद्ध हुनुभएका एमाले साथीहरुलाई भन्न चाहन्छु– यो कुनै सौदाबाजी पनि छैन, माग पनि छैन । नितान्त एउटा कार्यकर्ता भएर जोडिन आइपुगेकी छु । तर, एउटा कुराचाहीँ भन्न चाहन्छु यदि मेरो मूल्यांकन गरेर पार्टीमा जिम्मेवारी दिएमा म पछि हट्दिन है ।

सम्बन्धित समाचार

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिने

काठमाडाैँ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। ​बुधबार सामाजिक…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

जनताको समर्थनबाट एमाले पुनः सरकारमा फर्किन्छ : अध्यक्ष ओली

काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी पुनः सरकारमा फर्किने दाबी गरेका छन्। बुधबार काठमाडौंमा सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले जन…

इन्फो डेस्क