Monday, April 28, 2025
राजनीतिभोट माग्दै ! जनताका घरमा खाना खान पुगे प्रचण्ड
spot_img

भोट माग्दै ! जनताका घरमा खाना खान पुगे प्रचण्ड

काठमाडौ । स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड को दौडधुप बढ्न थालेका छन् । उनी अहिले आफ्नो गृह जिल्ला चितवनका गाउँगाउँमा घुम्दै छन् ।

बिहीवार आफ्नै निर्वाचन क्षेत्र (चितवन– ३) अन्तर्गत पर्ने माडी पुगेका छन् । उनले त्यहाँ आफ्ना मतदाताहरुसंग भेटघाट गरेका छन् । माडीमा प्रचण्डले शहीद परिवारमा पुगेर खाना खाएको तस्वीर उनकी छोरी गंगा दाहालले फेसबूकमा राखेकी छन् । गंगा प्रचण्डकी स्वकीय सचिव पनि हुन् ।

माडी ७ देवेन्द्र टोलस्थित माओवादी जनयुद्धका शहीद नीलकण्ठ सुवेदीको घरमा पुगेर प्रचण्डले बिहीवार बिहानको खाना खाएका हुन् । सुवेदीको आज स्मृति दिवस पनि परेको छ ।

माडीमा प्रचण्डले आजै परवी खोलामा निर्माणाधीन पुल उद्घाटन समेत गरेका छन् । प्रचण्डको निर्वाचन क्षेत्रअन्तर्गत माडी नगरपालिकाभित्र १३ वटा पुल निर्माणको चरणमा छन् । त्यसमध्ये २ वटा पुल निर्माण सम्पन्न भएको गंगाले फेसबूकमा लेखेकी छन् । पुल उद्घाटनकै लागि पुगेका प्रचण्डले जनतासँग अन्तरक्रिया पनि गरेका छन् ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img