इन्फो नेपाल — सञ्चारको सञ्जाल

जनताको समर्थनबाट एमाले पुनः सरकारमा फर्किन्छ : अध्यक्ष ओली

काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी पुनः सरकारमा फर्किने दाबी गरेका छन्। बुधबार काठमाडौंमा सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले जनताको समर्थनबाट एमाले फेरि सिंहदरबार पस्ने बताएका हुन्।

​कसैको दया, माया वा कृपाले नभई संघर्ष र जनसमर्थनका बलमा एमाले सत्तामा पुगेको उनले उल्लेख गरे। विगतमा चौतर्फी घेराबन्दी र असंवैधानिक बाटोबाट सरकारबाट हटाइए पनि संवैधानिक प्रक्रियाबाटै पुनः नेतृत्वमा फर्किएको उनको भनाइ थियो।

​'अलिक दिन फेसबुकमा लेख्दै गर, हेर्दाहेर्दै नेकपा (एमाले) सरकारमा जान्छ,' सामाजिक सञ्जालमा पार्टीको राजनीतिक भविष्यबारे भइरहेका टिप्पणीप्रति लक्षित गर्दै ओलीले भने। उनले एमालेलाई कसैले मजाकको विषय बनाए पनि पार्टीले विकास र समृद्धिका अधुरा कामलाई अगाडि बढाउने बताए।

​आगामी दिनमा 'समृद्ध नेपाल, सुखी नेपाली' को राष्ट्रिय आकांक्षालाई अझ स्पष्ट दृष्टिकोण र दृढताका साथ कार्यान्वयनमा लैजाने अध्यक्ष ओलीले बताए। उनले एमाले देशको राष्ट्रियताको रक्षक र विकासको संवाहक शक्तिका रूपमा अघि बढ्ने दाबी गरे।

सम्बन्धित समाचार

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिने

काठमाडाैँ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। ​बुधबार सामाजिक…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क